PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालीले ५ लाख अमेरिकी डलरसम्म ऋण लिन पाउने



नेपालीले ५ लाख अमेरिकी डलरसम्म ऋण लिन पाउने

काठमाडौँ : नेपाली नागरिक, फर्म तथा संस्थाहरुले अब ५ लाख अमेरिकी डलरसम्म ऋण लिन पाउने भएका छन्। आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरञ्जीवी नेपालले ऋणको सीमा बढाउने घोषणा गरेका हुन्। 

यसअघि २ लाख अमेरिकी डलरसम्ममात्र ऋण लिन पाउने व्यवस्था थियो। 

आफ्नो व्यवसाय गर्न, भइरहेको व्यवसाय विस्तार गर्न ऋण लिन सकिनेछ। तर यसका लागि नेपाल राष्ट्र बैँकको पूर्व स्वीकृति लिन आवश्यक हुनेछ। 

ऋण विदेशमा रहेका आफ्ना नातेदार, अन्य व्यक्ति, गैर आवासीय नेपाली तथा संघ संस्थाबाट बैँकले तोकेको शर्तको अधिनमा रही लिन सकिनेछ। 
भारतको हकमा भने ५ करोड भारतीय रुपैयाँसम्म ऋण लिन सकिने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ। 
 

मौद्रिक नीतिबारे अन्य समाचार

अब नयाँ गाडी किन्दा ३५ प्रतिशतमात्रै डाउन पेमेन्ट, घर कर्जा सीमा डेढ करोड
ठूलो रकमको कारोबार गर्दै हुनुहुन्छ? साउन १ देखि नयाँ नियम लागू हुँदैछ
अब भारत जाँदा एक लाख हैन ५० हजार रुपैयाँमात्र नगद लैजान पाइने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell