PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दश स्थानको मतपरिणाम आउन बाँकी, हेर्नुस् कसको कहाँ अग्रता



पहिलोपोस्ट

दश स्थानको मतपरिणाम आउन बाँकी, हेर्नुस् कसको कहाँ अग्रता

काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। ३३४ स्थानीय तहमध्ये अब १० स्थानको मात्र मतपरिणाम आउन बाँकी छ।

हालसम्मको परिणाम अनुसार एमाले अग्रस्थानमा छ। एमालेले १४६ स्थानमा विजयी हुँदै पहिलो स्थानमा छ। यस्तै, कांग्रेसले ११८ स्थानमा जित हासिल गरेको छ। माओवादी केन्द्र ३८ स्थानमा मात्र विजयी भएको छ। संघीय समाजवादी फोरम ७ र फोरम लोकतान्त्रिक ६ स्थानमा विजयी भएको छ।

राप्रपा ४ स्थानमा विजयी हुँदा राष्ट्रिय जनमोर्चाले २ स्थानमा जित हासिल गरेको छ। स्वतन्त्रले ३ स्थानमा जित हासिल गरेको छ।

जारी दश स्थानको मतगणनामा एमालेले अहिले पाँच स्थानमा अग्रता लिएको छ। कांग्रेसले चार स्थानमा अग्रता बनाएको छ भने, संघीय समाजवादी फोरम एक स्थानमा अघि छ। 

एमाले

धरान उपमहानगरपालिका, सुनसरी

दमक नगरपालिका, झापा

अर्जुनधारा नगरपालिका, झापा

धनपालथान गाउँपालिका, मोरङ

भीमदत्त नगरपालिका, कञ्चनपुर

 

कांग्रेस

विराटनगर महानगरपालिका, मोरङ

धनगढी उपमहानगरपालिका, कैलाली

मेचीनगर नगरपालिका, झापा

पुनर्वास नगरपालिका, कञ्चनपुर। सुरुबाटै मतगणना हुने सहमति भए अनुसार सुरुवातदेखि मतगणना भइरहेको छ। स्थगित हुँदा एमालेले अग्रता लिएको थियो। अहिले कांग्रेसले अग्रता लिएको छ।

 

संघीय स‍‍‍. फोरम

कोटहीमाई गाउँपालिका, रुपन्देही



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell