PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्रीले पत्रकारलाई भने : विचार फरक कुरा, समाचार लेख्दा सत्य लेख्नुस्



पहिलोपोस्ट

 प्रधानमन्त्रीले पत्रकारलाई भने : विचार फरक कुरा, समाचार लेख्दा सत्य लेख्नुस्

काठमाडौं : प्रधानमन्त्री  शेरबहादुर देउवाले समाचार र विचारमा फरक हुने कुरा पत्रकारलाई सम्झाएका छन्। नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र बिष्टको पुस्तक 'नेपाल प्रेस स्वतन्त्रता' विमोचनका क्रममा देउवाले विचार 'आइडोलोजी'बाट प्रभावित हुने भए पनि समाचार प्रभावित हुन नहुने बताए।

'विचार लेख्नुहुन्छ भने त्यो आफ्नो हो र त्यो विभिन्न 'आइडोलोजी' प्रभावित हुनसक्छ,' प्रधानमन्त्री देउवाले भने, 'तर समाचार लेख्नुहुन्छ भने त्यसमा सत्य र तथ्यलाई ख्याल गर्नै पर्छ।' 

उनले समाचारमा सत्य र तथ्य छुटेमा त्यसले समाजलाई नै 'मिसलिड' गर्ने बताउँदै त्यसको परिणाम नकारात्मक हुनेतर्फ पत्रकार सधै सचेत हुनुपर्ने बताए। 

नेपालमा माओवादी सशस्त्र युद्ध ताकाका विषय समेत समेटिएर लेखिएको पुस्तकका विषयमा चर्चा गर्दै देउवाले आफ्नो पालामा संकटकाल नै हुँदा समेत प्रेस स्वतन्त्रतालाई कुण्ठित हुन नदिएको दावी गरे। 

'म प्रधानमन्त्री हुँदा संकटकाल पनि लगाउने अवस्था भएकाले केही अप्ठ्याराहरु भएका हुन सक्छन्,' देउवाले भने, 'तर, प्रेस स्वतन्त्रता नैं कुण्ठित हुने अवस्था आएको थिएन।'
 
समाजलाई मार्गनिर्देशन गर्न पत्रकारिताको अहम भूमिका हुने बताएका देउवाले पत्रकारिताबाट त्रुटी भएमा वा गलत तथ्य र सत्य सार्वजनिक भएमा समाज नै गलत बाटोतर्फ जानेमा विशेष जोड दिएका देउवाले त्यसबाट बच्न सचेत गराएका थिए। 

देउवाले आफू सधै लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानव अधिकारका पक्षमा सधै लडेको भन्दै लोकतन्त्रविना प्रेस स्वतन्त्रता र प्रेस स्वतन्त्रता विना लोकतन्त्रको अस्तित्व सम्भव नहुने बताए। उनले नेपालमा संविधान र कानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता दक्षिण एसियामै धेरै भएको भन्दै पत्रपत्रिका र टेलिभिन च्यानलको संख्या पनि विश्वका लोकतन्त्रि क मुलुकभन्दा धेरै गुणा बढी भएको बताए। 
'नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विश्वका अधिकांश देशभन्दा ज्यादा छ,' देउवाले भने, 'मानव अधिकारका क्षेत्रमा समेत नेपाल विश्वका धेरै देश भन्दा अगाडि छ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell