PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विराटनगर महानगरको मेयरमा काङ्ग्रेस उम्मेदवार ३ हजार ४ सय मतले अगाडि



पहिलोपोस्ट

विराटनगर महानगरको मेयरमा काङ्ग्रेस उम्मेदवार ३ हजार ४ सय मतले अगाडि

विराटनगरः विराटनगर महानगरको मेयरमा नेपाली काङ्ग्रेसका भीम पराजुलीले आफ्नो फराकिलो मतान्तरलाई बढाउँदै आफ्नो विजयी यात्रा जारी राखेका छन्।

पछिल्लो परिणामअनुसार पराजुली ३ हजार ४ सय ३५ मतले अगाडि छन्। उनले हालसम्म १२ हजार ९ सय ४८ मत प्राप्त गरेका छन्। एमालेका विनोद ढकालले ९ हजार ५ सय १३ मत ल्याएका छन्।

उपमेयरमा काङ्ग्रेसकी इन्दिरा कार्कीको प्रतिद्वन्द्वीको भन्दा मतान्तर अझ धेरै देखिएको छ। कार्की नेपाल लोकतान्त्रिक फोरमका सूची चौधरीभन्दा ५ हजार ९० मतले अगाडि छिन्। 

इन्दिराको मत ११ हजार १ सय ७० र सूचीको ६ हजार ८० छ। विराटनगरमा कुल १९ वटा वडामध्ये वडा नं. १, २, ३, ४, ५, १५, १६, १७, १८ र १९ गरी १० वटाकोे मतगणना भइसकेको छ। जसमा कांग्रेसले १, ३, ४, र १६ गरी ४ वटा वडामा वडा अअध्यक्ष जितेको छ। 

सङ्घीय समाजवादी फोरमले वडा नं. १५, १७ र १८ गरी ३ र एमालेले वडा नं. २ र ५ गरी २ वटा वडामा वडा अध्यक्ष हत्याएका छन्। 

वडा नं. १९ मा नेपाली काङ्ग्रेसबाट विद्रोही भई स्वतन्त्र हैसियतमा चुनाव लडेका बद्री सरदार वडा अध्यक्षमा विजयी भए। हाल वडा नं. ६ र १४ को मतगणना भइरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell