PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मतगणना जारी १६ स्थानीय तहः हेर्नुस् कसको कहाँ अग्रता



पहिलोपोस्ट

मतगणना जारी १६ स्थानीय तहः हेर्नुस् कसको कहाँ अग्रता

काठमाडौँ: दोस्रो चरणमा असार १४ गते निर्वाचन सम्पन्न भएका ३३४ स्थानीय तहमध्ये ३१८ स्थानको मतगणना सकिएको छ। मतपरिणाम अनुसार नेकपा एमाले १४२ स्थानीय तहमा विजयी भएको छ। एमाले अग्रस्थानमा छ।

यस्तै, नेपाली कांग्रेस ११७ स्थानमा विजयी हुँदै दोस्रो स्थानमा रहेको छ। तस्रो स्थानमा रहेको माओवादीले ३७ स्थानमा जित हासिल गरेको छ। संघीय समाजवादी फोरम ७ र फोरम लोकतान्त्रिक ६ स्थानमा विजयी भएको छ।

एक उपमहानगरसहित राप्रपाले ४ स्थानमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले २ र स्वतन्त्रले तीन स्थानमा जित हासिल गरेका छन्।

जारी मतगणनामा अहिले नेकपा एमालेले दुई उपमहानगर, ६ नगरमा अग्रता लिएको छ।

यस्तै कांग्रेसले विराटनगर महानगर, धनगढी उपमहानगर र अन्य तीन नगर र एक गाउँपालिकामा अग्रता बनाएको छ।

माओवादी केन्द्र मोरङको रंगेलीमा अघि छ। संघीय समाजवादी फोरम र स्वतन्त्र एक स्थानमा अघि छन्।

 

एमाले

इटहरी उपमहानगरपालिका, सुनसरी

धरान उपमहानगरपालिका, सुनसरी

दमक नगरपालिका, झापा

शिवसाक्षी नगरपालिका, झापा

मेचीनगर नगरपालिका, झापा

अर्जुनधारा नगरपालिका, झापा

त्रियुगा नगरपालिका, उदयपुर

धनपालथान गाउँपालिका, मोरङ

 

कांग्रेस

विराटनगर महानगरपालिका, मोरङ

धनगढी उपमहानगरपालिका, कैलाली

भीमदत्त नगरपालिका, कञ्चनपुर

बेलका नगरपालिका, उदयपुर

बुद्धशान्ति गाउँपालिका ,झापा

पुनर्वास नगरपालिका, कञ्चनपुर। सुरुबाटै मतगणना हुने सहमति भए अनुसार सुरुवातदेखि मतगणना भइरहेको छ। स्थगित हुँदा एमालेले अग्रता लिएको थियो। प्रारम्भिक अग्रता कांग्रेसले लिएको छ।

 

माओवादी

रंगेली नगरपालिका, मोरङ

 

संघीय स‍. फोरम

कोटहीमाई गाउँपालिका, रुपन्देही



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell