PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मिथिला नाट्य कला परिषद्लाई 



रासस

विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मिथिला नाट्य कला परिषद्लाई 

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्यापति पुरस्कार कोषबाट सञ्चालित विभिन्न पाँच विधाका पुरस्कार प्रदान गरेकी छन्। 

कोषले आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले पुरस्कार प्रदान गरेकी हुन्। 

दुई लाखको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मिथिला नाट्य कला परिषद्लाई प्रदान गरिएको छ भने एक/एक लाखको नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार प्राडा वीरेन्द्र पाण्डे, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार मुरलीधर विश्वकर्मा, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार नवीनकुमामर मिश्र र नेपाल विद्यापति मैथिली पाण्डुलिपी पुरस्कार अवधेष पोखरेललाई प्रदान गरिएको हो। 

मैथिली साहित्यका आदिकवि विद्यापतिको सम्मानमा नेपाल सरकारले विसं २०६८ मा  एक करोड अनुदान दिई सो कोष स्थापना भएको थियो भने यस वर्ष दिइएको पुरस्कार पाँचौं शृङ्खला हो। 

सो अवसरमा राष्ट्रपति भण्डारीले मैथिली साहित्यको जग बसाल्न र तराई पहाडका नेपाली कला संस्कृतिबीचलाई जोड्न विद्यापतिले दिनुभएको योगदानको प्रशंसा गर्दै विद्यापतिको व्यक्तित्व र कृतित्वबारे नयाँ पुस्तालाई थप जागृत गराउनुपर्ने बताइन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell