PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

युरोपमा नवराज पराजुलीको पहिलो कविता कन्सर्ट



पहिलोपोस्ट

युरोपमा नवराज पराजुलीको पहिलो कविता कन्सर्ट

काठमाडौं: जर्मनीको म्युनिख शहरमा कवि नवराज पराजुलीको कविता कन्सर्ट आयोजना भएको छ। शनिबार सम्पन्न कविता कन्सर्टमा पराजुलीले आफ्नो कविता संग्रह 'सगरमाथा गहिराई'बाट 'खोया', 'हेब्बी बड्डे' लगायतका आफ्ना चर्चित कविताहरु वाचन गरे।

साहित्य समाज जर्मनी र नेपाली फुटबल टिम म्युनिखद्वारा आयोजित कविता कन्सर्टमा पराजुलीले पहिलोपटक आफ्नो कविता 'मोक्ष' सार्वजनिक रुपमा प्रस्तुत गरेका हुन्। यो कविता कन्सर्ट, पराजुलीको नेपाल बाहिरको पहिलो कविता कन्सर्ट हो। थिएटर भिलेज नेपालको तर्फबाट ‘मालिनी: द प्रिन्सेस अफ् गार्डेन’ नाटक प्रस्तुतीका लागि २१ दिने युरोप भ्रमणमा रहेका उनले कविता कन्सर्टका लागि बर्लिनबाट म्युनिख पुगेका हुन्। पार्श्व संगीत सहितको प्रस्तुती रहेको कार्यक्रममा जर्मनीका विभिन्न भागबाट नेपाली साहित्यप्रेमीहरुको उपस्थिती रहेको थियो।

महिनाको अन्तिममा परेको भानु जयन्तीको अवसर पारेर कार्यक्रम आयोजना गरेको नेपाली साहित्य समाज जर्मनी एवं नेपाली फुटबल टीम म्युनिखका तर्फबाट आयोजक समिति सदस्य सुवास नेपालीले जानकारी दिए। भने,'जयन्तीकै दिनमा कार्यक्रम आयोजना गर्न प्रवासमा समय र स्थान नमिल्न सक्छ। नाटक प्रस्तुतीको व्यस्तता बिचपनि कविले हामी नेपाली साहित्यप्रेमीलाई समय दिनु भयो, अत्यन्त हर्षित छौं।' उनले पराजुलीलाई कविता वाचनका लागि समय दिएकोमा थिएटर भिलेज परिवार प्रति पनि आभार व्यक्त गरे।

'कुनै दिन म म्युनिख आएर एक टुक्रा नेपाल बाँचेको थिएँ भन्ने सधैँ सम्झिरहनेछु‘ कवि पराजुलीले कार्यक्रम आयोजकलाई धन्यवाद व्यक्त गर्दै भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell