PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

माङ्गेनाले राष्ट्रियतामा नयाँ बहसको सुरुवात गरेको छ : प्रदिप गिरि 



माङ्गेनाले राष्ट्रियतामा नयाँ बहसको सुरुवात गरेको छ : प्रदिप गिरि 

काठमाडौं: लिम्बु संस्कृतिमा ढलेको शिर उठाउन पूरा गरिने अनुष्ठान हो 'माङ्गेना'। सोही संस्कृतिलाई बिम्बको रुपमा प्रयोग गरेर ढलेको राष्ट्रियता र राष्ट्रवादको पुनर्परिभाषासँग जोडे लेखक युग पाठकले। र आफ्नो नयाँ किताबको नाम दिए 'माङ्गेना- नेपाल मन्थन'। 

शनिबार माङ्गेना विमोचन भएको छ। काठमाडौं प्रज्ञा प्रतिष्ठानको डबलीमा प्रफेसर बालकृष्ण लिम्बु, कवि निभा शाह र राजनीतिक विश्लेषक प्रदिप गिरिले किताबको लोकार्पण गरे। उनीहरुले विमोचन लगत्तै किताबमा उठाइएको विषयमा आफ्नो धारणा राखे। 

विमोचनअघि आफ्नो धारणा राखेकी कवि शाहले किताबले 'श्रीपेच नलगाएका राजाहरु'को बारेमा किताबले छर्लङ्ग पारेको बताइन्। भनिन्,'मार्क्सवादी ढङ्गबाट कुरा उठाए पनि कथित तल्लो स्तरमा संघर्ष गर्नेहरुलाई समावेश गर्न सकेको महसुस भएन।' 

प्रोफेसर बालकृष्ण माबुहाङले भने लेखकहरु संजय थापा, गोविन्द न्यौपाने, डोरबहादुर विष्ट पछिको युगको रुपमा युग पाठकको माङ्गेनाको व्याख्या गरे।
 
भने,'पुस्तकको सबै पक्ष राम्रा छन्। तर नेपाल एक नक्सा एक अवधारणा नेपाल मन्थनको मुख्य विषय हो।'

'माङ्गेनालाई नयाँ बहस सुरुवात  पाठकले बाटो देखाइदिएका छन्', विश्वेषक प्रदिप गिरीले भने  'लेखकभन्दा पनि लेखिएको कुरा महत्वपूर्ण हो। माङ्गेनाले कसैले नहिडेको ठाउँमा हिडेर नयाँ बाटो बनाएको छ।' 

युग पाठकले माङ्गेनालाई पिछडिएका जातजाति, भाषी, संस्कृती, दलित, महिला, अल्पसङ्ख्यकको आवाज मानेका छन्। भने,'ढलेको शिर उठाउन  राष्ट्र र जनता दुबैको माङ्गेना आवश्यक छ।' किताबले यही विषयको चर्चा गर्छ। 

फाइनप्रिन्टले प्रकाशन गरेको किताब २५९ पानाको छ। किताबको मुल्य ४९८ रुपैयाँ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell