PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यूएईमा भानुजयन्ती मनाइने



पहिलोपोस्ट

यूएईमा भानुजयन्ती मनाइने

काठमाडौः यूएईमा नेपाली समुदायले २०४ औं भानुजयन्ती मनाउने भएका छन्। 

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा नेपाली समुदाय यूएई साहित्यिक कला संसारको आयोजना तथा कायाकल्पको सहकार्यमा २०४ औं भानुजयन्ती मनाइने भएको हो। असार ३० गते यूएईको बर दुबईस्थित सिन्ध पंजाव होटलमा विशेष कार्यक्रम गर्न लागिएको नेपाली समुदाय कला तथा साहित्य संसार यूएईका संयोजक कृष्ण पारसले जानकारी दिए।

२०१२ को असार २९ गते भानुजयन्ती मनाएपछि हरेक वर्ष असार २९ लाई भानुजयन्ती मनाउँदै आइएको छ।  कार्यक्रममा साहित्यिक रचना वाचन, स्रष्टा सम्मान, कला क्षेत्रमा विशेष योगदान पुर्याउने दुई गायकका दुई गीति एल्बम विमोचन गरिनेछ। 

त्यस्तै, भुईंचालोको विनाशपछि पुनर्निर्माणका लागि वैदेशिक रोजगारीमा रहेकाहरुलाई बचत गर्न प्रोत्साहन गर्ने र भुईंचालोको विनाशपछि पुनर्निर्माणका लागि नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँको जारी बचतपत्रमा युएईबाट खरिद गर्ने खरिदकर्ताहरुलाई प्रमाण प्रत्र प्रभु बैंकबाट हस्तान्तरण तथा सम्मान गर्ने कार्यक्रम रहेको नेपाली समुदायका संस्थापक अध्यक्ष बिदुर राउतले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell