PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

३० हजार रुपैयाँको गाडी चढ्थे राजा महेन्द्र, यस्तो थियो गाडीको बिमालेख



काठमाडौं: अहिले बिमा बजार एक खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। २०२४ साल फागुनबाट सुरु भएको बिमा बजारको गति भने तुलनात्मक रुपमा कमजोर नै छ।

बिमा बजार यहाँसम्म आइपुग्दा पहिलो बिमा पोलिसी कसले खरीद गरेको थियो भन्ने कमैलाई थाहा होला।


पहिलो बिमा कम्पनीका रुपमा खुलेको सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानमा पहिलो बिमा गाडीको भएको थियो। त्यो पनि चानचुने ब्यक्तिको होइन।

 पञ्चायति ब्यवस्था सुरु गरेर सर्वशक्तिमान बनेका राजा महेन्द्रले संस्थानको उद्घाटन गर्दै आफ्नो गाडीको बिमा गराएका थिए। उनको गाडीको मूल्य ३० हजार रुपैयाँ थियो।

संस्थान उद्घाटनकै दिन फागुन ११ गते राजा महेन्द्रले एक बर्षको बिमा गराएका थिए। उनले राजाकै हैसियतमा गाडीको बिमा गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell