PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

निर्धक्क भई मतदानमा सहभागी हुन प्रधानमन्त्री देउवाको आग्रह



रासस

निर्धक्क भई मतदानमा सहभागी हुन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँः  प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणअन्तर्गत बुधबार हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन्। 

मंगलबार एक सन्देश दिँदै प्रधानमन्त्रीले प्रदेश नम्बर १, ५ र ७ का मतदातालाई निर्धक्ककासाथ मतदानमा सहभागी हुन आह्वान गरेका हुन्।

उनले भनेका छन्,“यस ऐतिहासिक अवसरमा प्रथम चरणको निर्वाचनमा सहभागी नागरिकको जस्तै सक्रिय रुपमा भाग लिई आफ्नो मताधिकारको प्रयोग गर्न म सम्पूर्ण मतदाता दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अपिल गर्दछु।” 

प्रधानमन्त्री देउवाले सन्देशमा भनेका छन्,“सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले संविधानसभामार्फत बनाएको नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सङ्घीय शासन प्रणालीको व्यवस्था गरेकोमा जनताको सबै भन्दा नजिक रहेको जनप्रतिनिधि छनोट गर्ने अन्तिम अवसरको सदुपयोग गर्ने समयमा नेपालीहरु उभिएको छ।” 

सन्देशमा भनिएको छ,“स्थानीय तहको दोश्रो चरणको निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवम् मर्यादित बनाउन निर्वाचन आयोगले आफ्नो तर्फबाट सबै उपाय अपनाएको छ भने नेपाल सरकारले पनि निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्र्यादित बनाउन सबै सुरक्षाको उपाय अपनाएको छ, त्यसैले आममतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अनुरोध गर्दछु।” 

प्रधानमन्त्री देउवाले निर्वाचनमा सहभागी सबै प्रशासक, कर्मचारी, शिक्षक, सुरक्षाकर्मी एव्म स्वयमसेवीलाई जिम्मेवार र संयमतापूर्वक कर्तव्य निर्वाह गर्न पनि अनुरोध गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell