PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भक्तपुरको लोकन्थलीमा पेट्रोल पम्पमा आगलागी हुँदा चार जना घाइते



रासस

भक्तपुरको लोकन्थलीमा पेट्रोल पम्पमा आगलागी हुँदा चार जना घाइते

भक्तपुर : मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली मनोहरास्थित सिद्धार्थ पेट्रोल पम्पमा आज साँझ आगलागी भएको छ । 

ध्रुव महर्जनद्वारा सञ्चालित सिद्धार्थ पेट्रोल पम्पमा भएको आगलागीमा चारजना घाइते भएका छन् । पम्पसँगै पसल गरी बस्ने सीता तामाङ जलेर घाइते भएका छन् भने उहाँका श्रीमान राम तामाङ, मजदुर निराजन उप्रेती र ट्याङ्करका सहचालक पवन श्रेष्ठ भाग्ने क्रममा घाइते भएका छन् । 

घाइतेमध्ये तीनजना उपचारपछि घर फर्केका छन् भने सीता तामाङको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको महानगरीय प्रहरी बिट थिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए। 

पम्पमा रहेको अग्नि नियन्त्रक यन्त्र र भक्तपुर बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको छ। क्षतिको विवरण भने आउन बाँकी छ। रासस 

भिडियो सौजन्य : तीर्थ चापागाइँ
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell