PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्वयम्भू, हनुमानढोका र पशुपति क्षेत्रमा अब नि:शुल्क इन्टरनेट



पहिलोपोस्ट

स्वयम्भू, हनुमानढोका र  पशुपति क्षेत्रमा अब नि:शुल्क इन्टरनेट

काठमाडौँ: पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ।

कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व भएका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र प्रवेश शुल्कमा तिरेको पैसाले नै उक्त सुविधा उनीहरुले प्रयोग गर्न पाउनेछन्।

तत्कालका लागि इन्टरनेट राख्ने स्थानमा स्वयम्भू, हनुमानढोका क्षेत्र, पशुपतिनाथ मन्दिर वरपर राखिने तयारी भएको छ। त्यसको लागि महानगरले छिट्टै टेन्डर आह्वान गर्नेछ। त्यसैगरी, कामनपाले बालाजु पार्कमा भने इन्टरनेट राख्नका लागि बोलपत्र आह्वान गरिसकेको र केही समयमा काम सुचारु हुनेछ।

एक वर्षअघि रत्नपार्कमा इन्टरनेट राखेपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि महानगरले अन्य स्थानमा पनि राख्ने तयारी गरेको हो। इन्टरनेट राख्नु पूर्व रत्नपार्कको आम्दानी वार्षिक रु ५० लाख हुने गरेको थियो। अहिले वार्षिक रु एक करोड आम्दानी हुने गरेको कामनपाको दाबी छ।

रत्नपार्कमा इन्टरनेट राखेको एक वर्ष भयो, इन्टरनेटसँगै त्यहाँको सौन्दर्य पनि राम्रो बनाएपछि पर्यटकको आगमनमा वृद्धि भएको हो। त्यसैले अन्य स्थानमा पनि यस किसिमको व्यवस्था गर्न लागिएको बुझिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell