PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सलमान खानको स्टारडमलाई दर्शकको झापु



सलमान खानको स्टारडमलाई दर्शकको झापु

बलिउडमा एउटा ब्रान्ड छ जसलाई मानिसहरु सलमान खान भन्छन्। त्यो ब्रान्ड यति जबरजस्त छ कि दर्शकहरु टिकट काउन्टरमा ओइरिन्छन् र पैसा तिर्छन। सलमान खानको फिल्म हेर्नु नै उनीहरुका लागि उपलब्धि हुने गर्छ चाहे फिल्म राम्रो होस या झुर।

बलिउडका अविवाहित सलमान खानको ब्रान्ड भ्यालु खस्केको हो त? दक्षिण भारतीय फिल्मका रिमेकिङ हुँदा पनि सलमानको क्रेज कायमै रहन्थ्यो। यसपटक ट्युवलाइटमा भने उनको कमाइ सुस्त छ। स्टारडमको तेजिलो प्रकाश हुने अपेक्षाविपरित सुस्त देखिएको छ बक्स अफिस।

हरेक इदमा बेतोड कमाइ गर्ने सलमान खानको फिल्मलाई दर्शकले यसपाला खासै साथ दिएनन्। तीन दिनमा सलमान खानको फिल्मको कमाइ कति? त्यो पनि इदको समयमा भएको रिलिज। बलिउड हङ्गामाले जनाएअनुसार तीन दिनमा सलमान खानको बक्स अफिस कलेक्सन ६४ करोड रह्यो।

४ हजार ३ सय ५० सिनेमा हलहरुमा रिलिज भएको फिल्मको रिलिजको दिन २१ करोड १५ लाख रुपैयाँ बटुल्यो भने दोस्रो दिन शनिबार २१ करोड १७ लाख। तेस्रो दिन आइतबार २२ करोड ४५ लाख आम्दानी गर्यो फिल्मले।

बलिउडका अन्य हिरोहरुले यतिको कमाइ गरेको भए सायद तिनीहरु सुपरहिटको वर्गमा पुग्थे। तर, सलमानले आफैँले कायम राखेका रेकर्डहरु पछ्याउनसमेत असफल रहे।

नेपालका मल्टिप्लेक्सहरुमा पनि सलमान खानको फिल्म आउने भएपछि अरु फिल्महरु पाखा लगाइएको थियो। तर, बुकिङको रेसियो हेर्दा सलमानको ट्युवलाइटले त्यति प्रभाव पार्ने देखिँदैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell