PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गोर्खाल्यान्डको विरोधमा सिलगढीमा प्रतिवाद जुलुस



गोर्खाल्यान्डको विरोधमा सिलगढीमा प्रतिवाद जुलुस
गोर्खाल्यान्डको विरोधमा निस्केको जुलुस। फोटो साभार : हिमालय दर्पण

काठमाडौँ : भारतमा नेपालीभाषीहरुको अलग राज्य गोर्खाल्यान्ड गठनको मागको विरोधमा आइतबार सिलगढीमा प्रतिवाद जुलुस निस्केको छ। अराजनीतिक भनिएको यस जुलुसमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, डाक्टर, वकिल र इन्जिनियरहरु पनि सामेल भएको भारतबाट प्रकाशित नेपाली दैनिक हिमालय दर्पणले जनाएको छ। 

पत्रिकाका अनुसार बंगाल विभाजन चाहँदैनौ, पहाडमा शान्ति चाहन्छौँ, नारा लेखिएका प्लेकार्ड हातमा बोकेर वृद्धवृद्धा पनि जुलुसमा सहभागी भएका थिए। जुलुसमा गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङ मुर्दाबाद नारा लगाइएको थियो। उनीहरुले गुरुङको पुत्ला पनि जलाएका थिए। 

त्यसैगरी गोर्खाल्यान्ड राज्य गठनको मागमा समर्थन गर्दै केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई पत्राचार गरेकोमा जुलुसले सिक्किमका मुख्यमन्त्री पवन चामलिङको विरोधमा नारा लगाएका थिए। जुलुसले सिक्किमको नम्बर भएका गाडीहरुमा आक्रमणसमेत गरेको थियो। 

दार्जीलिङमा अनिश्चितकालीन बन्दको आज १२ औँ दिन हो। आज इदको अवसरमा १२ घण्टा बन्दलाई खुकुलो पारिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell