PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ट्रेन्डिङ समाचारको विरोध गरेका सन्तोष सेन आफू नम्बर १ बन्दा मख्ख



पहिलोपोस्ट

ट्रेन्डिङ समाचारको विरोध गरेका सन्तोष सेन आफू नम्बर १ बन्दा मख्ख

काठमाडौं: जुन ९ मा फिल्म 'म यस्तो गीत गाउँछु' को ट्रेलर सार्वजनिक भयो। ट्रेलर रिलिजको २४ घण्टा नपुग्दै युट्युब नेपाल ट्रेन्डिङ नम्बर १ मा आयो। सोही विषय समाचार बन्यो। युट्युब ट्रेन्डिङ समाचार बनाएको भन्दै फिल्म निर्माता सन्तोष सेनले व्यङ्ग्यात्मक फेसकबुक स्टाटस लेखे- 'ट्रेन्डिङ पनि समाचार, एक दिनभरी स्थानमा दोस्रो दिन पत्तासाफ।'



उनको व्यङ्ग्य सामान्य हो किनकी 'म यस्तो गीत गाउँछु' र 'प्रेमगीत २' लाई प्रतिस्पर्धी फिल्म मानिन्छ। सन् २०१५ रिलिज प्रेमगीतको निर्देशक, निर्माता छुटेर भिन्नाभिन्नै फिल्म घोषणा गरेपछि प्रतिस्पर्धा देखिन थालेको हो। निर्माता सन्तोष सेन प्रदीप खड्गालाई लिएर प्रेमगीत २ तर्फ लागे र निर्देशक सुदर्शन थापा पूजा शर्मालाई लिएर म यस्तो गीत गाउँछु बनाउन लागे।

फुटेको टिमलाई सेनले व्यङ्ग्य गर्नुलाई सामान्य रुपमा लिइरहँदा निर्देशक सुदर्शन थापाले निर्माता सेन र युनिटलाई बधाई दिंदै प्रेमगीत २ को ट्रेलर सेयर गरे।

त्यस्तै, जुन १८ मा प्रेमगीत २ को ट्रेलर सार्वजनिक भयो। सार्वजनिक भएको चार दिनमा ट्रेन्डिङ निकै उतारचढावपूर्ण बन्यो। सुरुवातमा नेपाल ट्रेन्डिङको दोस्रो स्थानको अनि सोह्र हुँदै पुनः शीर्ष स्थानमा पुग्यो। शीर्ष स्थानमा आएसँगै ट्रेलरले पाएको डिसलाइकका कारण निर्माण कम्पनी आसुसेन फिल्म्सले आपत्ति जनायो। स्टाटसमा ट्रेन्डिङ मात्र नभएर लाइक, भ्युज काउन्टलाई समेत व्यङ्ग्य गरेका सन्तोष सेनले आफ्नो फिल्मले डिसलाइक पाउनुलाई भने गम्भिर रुपमा लिएर छानबिन गरे।

अझ अचम्म त के रह्यो भने उनले प्रेमगीत २ ट्रेन्डिङमा आएको समाचार खुसी खुसी सेयर गरे। सायद उनले ९ दिन अघि आफैँले ट्रेन्डिङमा आउनुलाई विषय बनाएर समाचारलाई व्यङ्ग्य गरेको ध्यानमा राखेनन्।







‘ट्रेन्डिङको अर्थ दर्शकले हामीलाई रुचाएका छन् र इन्गेज छन्’ यसै फिल्ममार्फत ठूलो पर्दामा डेब्यु गरेका निर्माता सन्तोष सेनले यस्तो तर्कसमेत राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell