PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दार्जिलिङमा शान्तिको कामना गर्दै पशुपतिमा दीप प्रज्वलन



दार्जिलिङमा शान्तिको कामना गर्दै पशुपतिमा दीप प्रज्वलन

काठमाडौँ : भारतको दार्जिलिङ आसपासका क्षेत्रमा शान्तिको कामना गर्दै आज यहाँ दीप प्रज्वलन गरिएको छ । 

पशुपति मन्दिरको आरती स्थलमा भएको दीप प्रज्वलनमा नेपालमा अस्थायी रुपमा बसोबास गरिरहेका दार्जिलिङ, सिलगुढीलगायत स्थानका नेपाली भाषी बासिन्दा, त्यहाँ पढेका नेपाली विद्यार्थीको सहभागिता रहेको थियो । 

गोरखाल्यान्ड माग गर्दै चलिरहेको आन्दोलनका क्रममा मारिएकाको आत्माको चिर शान्तिको कामना, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा सो क्षेत्रमा शान्तिको कामनासहित आफूहरुले दीप प्रज्वलन गरेको अभियानमा सहभागीले बताएका छन् । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell