PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कांग्रेसलाई परशुराम र एमालेलाई राम भन्दै ओलीले दिए त्रेतायुगको रोचक उदाहरण



कांग्रेसलाई परशुराम र एमालेलाई राम भन्दै ओलीले दिए त्रेतायुगको रोचक उदाहरण

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले धार्मिक प्रसंगको उदाहरण दिँदै कांग्रेसलाई परशुराम र एमालेलाई रामसित तुलना गरेका छन्। 

दोस्रो चरणको निर्वाचनको प्रचारका लागि प्रदेश नम्बर १ मा रहेका ओलीले इटहरीमा सम्बोधन गर्ने क्रममा त्रेतायुगको रामायणको उदाहरण दिँदै भने, 'हाम्रा भगवान विष्णुका १० वटा अवतार छन्। त्यसमध्ये एउटा परशुराम।  परशुराम बन्चरो लिएर दुनियाँमा तहल्का मच्चाएर हिँड्थे। सबभन्दा बलवान। कसैले केही गर्न सक्दैन।'

'रामले जनकपुरमा धनुष भाँचे। भाँचियो धनुष उठाउँदा। परशुराम आइपुगे उनले राखेको धनुष थियो। मैले राखेको धनुष किन भाँचेको भनेर उनी आइपुगे। झम्टिए रामलाई। उनले बन्चरो हान्न खोजे। तर त्यो बन्चरो काम लागेन।' 

'अनि उनले सम्झिए- कुनै पनि चिजको एउटा समय हुन्छ। उनी एउटा युगको अवतार हुन्। तर उनलाई थाहा थियो अर्को अवतार आइसकेपछि र अर्को अवतारसँग भेट भएपछि खैँचिएर राममा जान्छ। अर्को नयाँ अवतार राम हो।' 

'अनि परशुरामलाई लक्ष्मणले भने, गुरुजी अब यतिबेला रामको धनुषको जमाना आयो। थोत्रो भएको खिया लागेको बन्चरो लिएर कहाँ कुद्‍नु भएको?'

'अब रामको जमाना आयो। अब एमालेको जमाना आयो, थोत्रो बन्चरो बोकेर कहाँ कांग्रेस कुदेको?'

कांग्रेस आउटडेटेड थोत्रो बन्चरो बोकेर खिया लागेको बन्चरो बोकेर १५ सालको कहानी सम्झिएर कुदिरहेको ओलीले बताए। 'अब नयाँ जमाना आयो यस नयाँ जमानामा राजनीतिक आन्दोलनमात्रै हैन सामाजिक समानता न्याय र स्वाधिनताको समृद्धिको आन्दोलन एकैचोटी एकीकृत रुपमा चलाउनु पर्नेछ', उनले भने। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell