PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गुम्बा निर्माणका लागि साढे पाँच करोड संकलन



रासस

पोखराः पोखरा–लेखनाथ महानगरपालिकाको रामघाटस्थित बौद्ध अघौँ सदनको हातामा आधुनिक र सुविधासम्पन्न गुम्बा निर्माणका लागि हालसम्म पाँच करोड ५० लाख रुपैयाँ सङ्कलन भएको छ। 

४० वर्षअघि बनेको सानो गुम्बा जीर्ण, साँगुरो र बारम्बार आएका भूकम्पले क्षतिग्रस्त बनाएकाले करिव १० करोड रुपैयाँको लागतमा नयाँ गुम्बाको निर्माण गर्न लागिएको बौद्ध अघौँ सदनका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिए।

उक्त रकम स्वदेश तथा विदेशमा बस्ने गुरुङ समुदायबाट प्राप्त भएको हो। उनका अनुसार निर्माणमा हुने कुल खर्चमध्ये दुई करोड २५ लाख पनि गुरुङ समुदायका विभिन्न सामाजिक संस्थामा प्राप्त भइसकेको र छिट्टै बौद्ध अघौँ सदनलाई हस्तान्तरण हुनेछ।

गुम्बा निर्माणका लागि थप रकम जुटाउन अन्य बौद्ध धर्मावलम्बी ताङ्गवे, थकाली, तामाङ, ह्याल्मो र मगर समाजसँग पनि आग्रह गरिने बताइएको छ।

बुद्धको मूर्ति बनाउन पोखरा–लेखनाथ–८ न्युरोड निवासी हर्कबहादुर गुरुङले २३ लाख र विशिष्ट बुद्ध गुरुहरु बस्ने अतिथिगृह निर्माणका लागि रामघाट निवासी विजय गुरुङले १० लाख सहयोग गरेका छन्। 

गुम्बा निर्माणका लागि बेलायत बस्ने गुरुङ समुदायल एक करोड र  हङकङ बस्नेले २० लाख सहयोग गरेको बताइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell