PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रचण्ड–कुलमान छलफलः सुदुरपश्चिमको लोडसेडिङ ३/४ दिनमा अन्त्य हुने



पहिलोपोस्ट

प्रचण्ड–कुलमान छलफलः सुदुरपश्चिमको लोडसेडिङ ३/४ दिनमा अन्त्य हुने

काठमाडौंः सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका छन्।

चुनावी अभियानका क्रममा तीन दिनअघि सुदुरपश्चिम पुगेका अध्यक्ष प्रचण्डलाई कञ्चनपुरका जनताले देशका अधिकांश ठाउँमा लोडसेडिङ हटेपनि सुदुरपश्चिममा लोडसेडिङ अन्त्य नभएको गुनासो गरेका थिए। जनताको गुनासो सुनेपछि अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चबाटै काठमाडौं फर्केलगत्तै सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गरेका थिए। 

शनिबार बिहान धनगढीबाट काठमाडौं आइपुगेका अध्यक्ष प्रचण्डले कार्यकारी निर्देशक घिसिङसँग सुदुरपश्चिममा लोडसेडिङको समस्या कम नभएको जानकारी गराउँदै तुरुन्त लोडसेडिङ अन्त्य गर्न आग्रह गरेका थिए।

भेटमा कार्यकारी निर्देशक घिसिङले सुदुरपश्चिममा ट्रान्समिसन र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन/चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell