PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'नेपाल तारा'का विजेता 'नेपाल आइडल'बाट आउट



'नेपाल तारा'का विजेता 'नेपाल आइडल'बाट आउट

काठमाडौँ : नेपाल ताराको थर्ड सिजनका विजेता प्रताप लामा अहिले जारी नेपाल आइडलको गाला राउन्ड नपुग्दै आउट भएका छन्। 

शुक्रबार प्रसारण भएको 'नेपाल आइडल' को 'अग्निपरीक्षा' राउन्डमा दर्शकबाट प्रशस्त भोट नआएपछि लामा गाला राउन्डमा पुग्नबाट वञ्चित भएका हुन्। 

लामाले दुई वर्षअघि भएको नेपाल ताराको फाइनलमा दिवेश राई र सुरेश लामालाई पछि पार्दै साढे दुई लाख रुपैयाँको नगद पुरस्कार पएका थिए। 

नेपाल आइडलका लागि काठमाडौँमा अडिसन दिएका लामालाई अडिसनमै जजहरु प्रभावित भएका थिएनन्। उनलाई तीन वटा गीत गाउन लगाइएको थियो।

रोचक त के छ भने नेपाल आइडलका एक जज इन्दिरा जोशी पनि नेपाल ताराको पहिलो सिजनकै एक प्रतिस्पर्धी थिइन्। तर उनले कुनै पनि उपाधि जित्न भने सकेकी थिइनन्। 

नेपाल आइडलबाट प्रताप लामासँगै सुरज तामाङ र प्रज्ञा श्री विश्वकर्मा पनि भोटिङ राउन्डबाट आउट भएका छन्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell