PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

काठमाडौँका मेयरले फिर्ता लिए वडाध्यक्षलाई मोबाइल सेट किन्ने निर्णय, आफू र उपमेयरलाई मोबाइल किन्ने निर्णय यथावत्



काठमाडौँका मेयरले फिर्ता लिए वडाध्यक्षलाई मोबाइल सेट किन्ने निर्णय, आफू र उपमेयरलाई मोबाइल किन्ने निर्णय यथावत्

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ३२ वटै वडाका अध्यक्ष तथा नगर कार्यपालिकाका ८ सदस्यसमेतलाई मोबाइल सेट किन्न ३० हजार रुपैयाँ दिने निर्णय हाललाई कार्यान्वयन नगर्ने बताएका छन्। 

मेयर शाक्यले आज जारी गरेको प्रेस विज्ञप्तिमा 'असल नियतका साथ मोबाइल फोन प्रयोग गर्न बढीमा ३० हजार रुपैयाँ खर्च निकासा दिने निर्णय भएकोमा हालसम्म कार्यान्वयन भइनसकेकै अवस्थामा उक्त निर्णय हाललाई कार्यान्वयन नगर्ने' उल्लेख छ। 

मंगलबार बसेको नगरकार्यपालिकाको दोस्रो बैठकले यस्तो निर्णय गरेको थियो। यसबारे पहिलोपोस्टले बिहीबार समाचार प्रकाशित गरेपछि सामाजिक सञ्जाल लगायत विभिन्न ठाउँबाट यो निर्णयको आलोचना भएको थियो। 

मेयर र उपमेयरलाई मोबाइल किन्ने निर्णय यथावत्

मेयर शाक्यले जारी गरेको विज्ञप्तिमा नगरकार्यपालिकाका सदस्यहरु र वडाअध्यक्षहरुलाई ३० हजार रुपैयाँ बराबरको मोबाइल सेट किन्न दिने खर्चको निर्णय मात्र हाललाई कार्यान्वयन नगर्ने भनिएको छ। 

असार ६ गते मंगलबार बसेको बैठकको निर्णयको बुँदा नम्बर ३ को 'ख' मा नगर कार्यपालिका सदस्यलाई मोबाइल सेट खर्चबारे उल्लेख थियो। सोही बुँदाको 'क' मा मेयर र उपमेयरलाई रकमको सिलिङ नतोकी खरिद गरी सेट नै उपलब्ध गराउने निर्णय पनि रहेको छ। यो निर्णय भने फिर्ता भएको छैन। 

अर्थात् मेयर शाक्यले वडाअध्यक्ष र नगर कार्यपालिका सदस्यहरुको मोबाइल सेट किन्ने खर्च दिने निर्णय कार्यान्वयन हाललाई नगर्ने भने पनि आफू र उपमेयरलाई बजारबाट जतिसुकै रकमको मोबाइल किने पनि बिल बमोजिम खर्च भुक्तान हुने निर्णय भने कायमै राखेका छन्। 

यस्तो छ निर्णय-

 
बिल अनुसार भुक्तानी गर्ने निर्णयले जुनसुकै मोडलको खरिद गर्न पाइन्छ। नेपालमा महँगा फोन मध्ये एक आइफोन-७ एस २५६ जीवीको १ लाख ३८ हजार रुपैयाँ मूल्य पर्छ। 

सम्बन्धित समाचार
यसकारण मोबाइल बाँड्न परेको मेयर विद्यासुन्दरको दावी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell