PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रचण्ड भन्छन्–कांग्रेस, एमाले निर्वाचन चाहँदैनथे, आफ्नै अडानका कारण सम्भव



रासस

प्रचण्ड भन्छन्–कांग्रेस, एमाले निर्वाचन चाहँदैनथे, आफ्नै अडानका कारण सम्भव

धनगढीः नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलन र शान्ति प्रक्रियामा माओवादीले खेलेको भूमिकाकै कारण मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न सफल भएको बताएका छन्। 

धनगढी उपमहानगरपालिकाको फूलबारीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र, संविधानसभामार्फत संविधान निर्माण, धर्मनिरपेक्षता, समानुपातिकता, समावेशिता जस्ता महत्वपूर्ण राजनीतिक उपलब्धि भएर मुलुक नयाँ संरचनाअनुसार निर्वाचनको चरणमा आइपुगेको बताए। 

उनले नेपाली कांग्रेस र नेकपा एमालेले पुरानै संरचनामा निर्वाचन गराउन खोजे पनि आफू प्रधानमन्त्री भएका बेला लिएको अडानका कारण मात्रै स्थानीय तहको चुनाव सम्भव भएको जिकिर गरे। प्रचण्डले भने–‘साबिकको गाविसको चुनाव गराइएको भए सिंहदरबारको अधिकार गाउँ तहसम्म पुग्ने थिएन।’ 

उनले धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई जोडेर महानगरपालिका बनाउन सकिने र त्यसका लागि दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell