PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१८ लाखको स्टेज मात्र, कति होला रेखा थापाको फिल्म निर्माण बजेट?



पहिलोपोस्ट

१८ लाखको स्टेज मात्र, कति होला रेखा थापाको फिल्म निर्माण बजेट?

काठमाडौं: तिहार रिलिज टार्गेट फिल्म 'रुद्रप्रिया'को एउटा गीतको सुटिङ सम्पन्न भएको छ। महंगो सेट लगाएर खिचिएको भनिएको गीत बन्दीपुरमा आउट डोर सेटमा भएको हो। फिल्म निर्माण युनिटका अनुसार उक्त सेटको खर्च १८ लाख पुगेको छ।

'सेट भव्य बनेको छ', निर्मात्री एवं अभिनेत्री रेखा थापाले भनिन्, 'सेट अनुसार काम पनि भव्य गरिरहेका छौं।'

राजनराज सिवाकोटीको संगीत रहेको गीतमा रेखा र आर्यन सिग्देलको फिचरिङ रहेको छ। गीतको भिडियोको कोरियोग्राफी प्रविण सिंहले गरेका हुन्। गीतको भिडियो सुटका लागि एक साता लागेको रेखाले जानकारी दिइन्।

फिल्मको बन्दिपुर र पोखरामा छायाँकन हुनेछ। सुदीप बबी भूपाल सिंहको निर्देशन रहेको फिल्मलाई संजय लामाले खिचिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell