PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

महिला फिफा वरीयतामा नेपाल चार स्थान तल



पहिलोपोस्ट

महिला फिफा वरीयतामा नेपाल चार स्थान तल
फाइल फोटो

काठमाडौं : फिफाले जारी गरेको महिलाको वरीयतामा नेपाल चार स्थान तल झरेको छ। नयाँ वरीयता अनुसार नेपाल ९९औं स्थानमा छ।

मे महिनानमा ११३६ अंकका साथ नेपाल ९५औं स्थानमा थियो।

तर मलेसियासाग भएको दुई मैत्रीपूर्ण खेल मध्ये नेपालले एकमा हार र एकमा बराबरीको नतिजा निकालेपछि नेपालको अंङ्क ११३४ मात्र रहेको छ।

भारत पनि चार स्थान तल झर्दै ६०औं स्थानमा पुगेको छ। यस्तै ७ स्थान तल जरेको बंगलादशे ११०औं, ६ स्थानत ल झरेको श्रीलका १११औं, ६ स्थान तल झरेको माल्दिभ्स ११३औं तथा ७ स्थान तल झरेको भुटान १२०औं स्थानमा छ।

यता जर्मनीलाई पछि पार्दै अमेरिका पुन: शीर्ष स्थानमा फर्केको छ। जर्मनी दोस्रो स्थानमा झरेको छ। फ्रान्स तेस्रो स्थानमा यथावत छ भने क्यानडा एक स्थान सुधार गर्दै चौथोमा उक्लेको छ। इंगल्याण्ड पाँचौ स्थानमा झरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell