PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काठमाडौं महानगरपालिकाले ४१ स्थानमा पिसाव घर बनाउने



रासस

काठमाडौं महानगरपालिकाले ४१ स्थानमा पिसाव घर बनाउने

काठमाडौंः काठमाडौँ महानगरपालिकाले विभिन्न ४१ स्थानमा पिसाव घर (युरिनल) निर्माण गर्ने भएको छ। 

महानगरभित्र रहेका सार्वजनिक शौचालय अव्यवस्थित तथा फोहर भएर यात्रुले प्रयोग गर्न सक्ने स्थिति नरहेकाले महानगरपालिकाले व्यवस्थित र सफा शौचालय निर्माणको तयारीस्वरुप ४१ स्थानमा युरिनल निर्माण गर्न लागेको हो। 

महानगरपालिकाको कार्यभार सम्हालेको केही दिनमै ‘क्लिन द सिटी’ अभियान सुरु गरेका महानगर प्रमुख विद्या सुन्दर शाक्यले अहिले व्यवस्थित शौचालय निर्माणको तयारी थालेका महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। 

सडक यात्रुलाई लक्ष्य गर्दै चोकचोकमा युरिनल बनाउन लागिएको प्रवक्ता कार्कीको भनाइ छ। युरिनल निर्माणका लागि दुईवटा कम्पनीले आवेदन दिएका छन्। अहिले ती आवेदनको अध्ययन भइरहेको छ। 

कार्कीका अनुसार आवेदन दिएका कम्पनीहरुको अनुभव, कार्यदक्षतालगायतका पक्षको मूल्याङ्कनपछि उपयुक्त ठहरिएको कम्पनीलाई कामको जिम्मेवारी दिइने छ। 

महानगरपालिकाले उपत्यकाभित्र सार्वजनिक शौचालय निर्माणार्थ एक सय स्थानमा सम्भाव्यता अध्ययन गरेको छ। 

घुम्ती शौचालय अव्यवस्थित र फोहर भएको पाइएपछि महानगरपालिकाले त्यस्ता शौचालय हटाएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell