PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भोट हाल्न प्रधानमन्त्री देउवा डडेलधुरातर्फ, १५ गते मात्र राजधानी फर्कने 



भोट हाल्न प्रधानमन्त्री देउवा डडेलधुरातर्फ, १५ गते मात्र राजधानी फर्कने 

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी कार्यक्रमका लागि सुदूरपश्चिमको यात्रामा निस्किएका छन्। चुनावी सभालाई सम्बोधन गर्न मात्र हैन, आफ्नो भोट खसाल्न पनि प्रधानमन्त्री देउवा गृहजिल्लातर्फ लागेका हुन्।

आज बिहान विमान चढेर कैलालीका लागि उडेका देउवा चुनाव सकेर असार १५ गते मात्र काठमाडौं फर्कनेछन्।

आज कैलालीको धनगढीमा सम्बोधन गरेर प्रधानमन्त्री देउवा कञ्चनपुरको महेन्द्रनगरमा बस्ने छन्। भोलि नै त्यहाँबाट डडेलधुराको जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गरेर देउवा साँझ डोटीको धनगढीमै बस्नेछन्। भोलि महेन्द्रनगरमा कार्यक्रम सकेर दिउँसो  डडेलधुराको जोगबुढा गएर आमसभालाई सम्बोधन गर्नेछन्। भोलि नै देउवा डोटीमा हुने चुनावीसभालाई सम्बोधन गरेर डोटीकै गुडरमा बास बस्ने छन्। 

पर्सिदेखि प्रधानमन्त्री देउवा डडेलधुराको सदमुकाम अमरगढी नगरपालिकाको एक होटलमा बस्नेछन्। देउवा चार दिनपछि डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोला असिग्राममा भोट हालेर असार १४ गते धनगढी फर्कने छन्। 

असार १५ गते बिहान काठमाडौं फर्कने कार्यक्रम रहेको देउवाका सहयोगी केशवराज जोशीले बताए। 

देउवाका साथमा श्रीमती आरजु राणा देउवा तथा भतिजा तथा सहयोगी भानु देउवा पनि गएका छन्। पारिवारिक सहयोगी बाहेक प्रधानमन्त्रीका रुपमा उनको सुरक्षा टिममा हुने समूह भने साथमा हुनेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell