PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एसीपिएल : नेपाल स्टोर्मको दोस्रो जित, अंक तालिकामा शीर्ष स्थानमा



पहिलोपोस्ट

एसीपिएल : नेपाल स्टोर्मको दोस्रो जित, अंक तालिकामा शीर्ष स्थानमा

काठमाडौं : एसियन क्लब प्रिमियर लिग (एसीपिएल) क्रिकेट प्रतियोगितामा नेपाल स्ट्रोमले लगातार दोस्रो जित हात पारेको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा शुक्रबार भएको खेलमा नेपाल स्ट्रोमले श्रीलंकन लायन्स माथि १ विकेटको जित हात पारेको हो।

१ सय ४९ रनको लक्ष्य नेपाल स्ट्रोमले अन्तिम ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो। स्ट्रोमको जितमा दिशान्त यादवले अर्धशतक बनाए भने जितेन्दर शर्माले आक्रामक इनिङ्स खेल्दै नटबउट ३३ रनको योगदान गरे। दिशान्त यादवले ४२ बल खेल्दै ५० रन बनाए।

१७औं ओभरमा टीमको स्कोर ११२ हुँदा नेपाल स्ट्रोमले ८ विकेट गुमाइसकेको थियो। जितका लागि १८ बलमा ३७ रन आवश्य थियो र २ विकेट मात्र बाँकी थियो। तर क्रिजमा रहेका जितेन्दर सिहले १८औं ओभरमा २२ रन प्रहार गर्दै स्ट्रोमको जितको आधार तर गरे।

१३ बल खेलेका जितेन्दरले ३ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ३३ रन बनाए। श्रीलंकन लायन्सका लागि सामाराक्कोडीले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकन लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो। लायन्सका लागि उत्सवले नटआउट रहदै सर्वाधिक ४० रन बनाए। यसत् निखिलले २६ तथा करण वालियले १९ रन बनाए। बलिङमा नेपाल स्ट्रोमका आशिष भट्ट, कप्तान हसिब हमजाद र गौरव बारबाडेले २-२ विकेट लिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell