PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अडिट फर्मबाट राजीनामा दिँदै अख्तियारका 'मोस्ट वान्टेड' महत र ढकाल कता फरार? 



पहिलोपोस्ट

अडिट फर्मबाट राजीनामा दिँदै अख्तियारका 'मोस्ट वान्टेड' महत र ढकाल कता फरार? 

काठमाडौं : कर फर्छौंट आयोग - २०७१ का अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालले आफ्नो अडिट फर्म (चार्टर्ड एकाउन्टेन्ट फर्म) बाट राजीनामा गरेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छौंट आयोगका सदस्य सचिव चुडामणि शर्मालाई पक्राउ गरेपछि उनीहरुले आफ्नो पार्टनरसीप रहेको फर्म छाडेका हुन्।

महतको एलडीएसए एसोसिएट्समा थिए भने ढकाल देव एसोसिएट्समा थिए। उनीहरुले संस्था छाडेको जानकारी नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) लाई गराइसकेका छन्।

अधिकांश अडिट फर्म दुईभन्दा बढी चार्टर्ड एकाउन्टेन्टहरुले मिलेर खोलेका हुन्छन्। यस्तो फर्मबाट कोही बाहिरिन चाहेमा उसले राजीनामा दिएर आइक्यानलाई जानकारी गराउनु पर्छ।

अख्तियारले पक्राउ गर्ने आशंकामा उनीहरु पहिले नै लुकेर भारत पुगिसकेका छन्।

अख्तियारले बिहीवार गोरखापत्र दैनिकको प्रथम पृष्ठमा सार्वजनिक सूचना प्रकाशित गरी उनीहरुलाई देख्ने या फेला पार्ने जो सुकैले आयोगको हटलाइन १०७ नम्बरमा फोन गरिदिए या नजिकको प्रहरी कार्यालयमा बुझाए उचित पुरस्कार दिने जनाएको छ।

बयानका लागि उपस्थित हुन सूचना जारी गरिएकोमा महत र ढकाल फरार रहेको अख्तियारले उल्लेख गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell