PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फ्राइडे रिलिज: हलमा सलमान खानको राज



पहिलोपोस्ट

फ्राइडे रिलिज: हलमा सलमान खानको राज

काठमाडौं: यो हप्ता फ्राइडे रिलिज अन्तर्गत कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएनन्। गत साता प्रदर्शनमा आएका दुई फिल्म 'तारेभीर' र 'किडन्याप' पनि एक हप्ता पनि टिक्न सकेनन्। बलिउडतर्फ भने बलिउड स्टार सलमान खान अभिनित 'ट्युबलाईट' प्रदर्श्नमा आएको छ।

नेपालका लागि ट्युबलाइटले मात्र सिंगल स्क्रिन तथा मटिप्लेक्समा शोहरु पाएको छ। बलिउडका अन्य फिल्म पनि प्रदर्शनमा आएका छैनन्। कबिर खान निर्देशित फिल्ममा सलमान खान, सोहेल खान र चिनिया अभिनेत्री झुझुको मुख्य अभिनय रहेको छ। हिस्टोरिकल वार ड्रामाले प्रदर्शन अघिनै १५२ करोड म्युजिकल राइट्स बिक्रीबाट कमाइ सकेको छ। फिल्मको ओभरसिज राइट्स बिक्री बारे भने युनिटले कुनै पनि जानकारी सार्वजनिक गरेको छैन।

हलिउड तर्फबाट पनि यो साता नयाँ फिल्मा प्रदर्शनमा आएनन्। मल्टिप्लेक्समा यसअघि नै सार्वजनिक फिल्महरु वन्डर विमेन र कार्स ३ प्रदर्शनरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell