PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यसकारण मोबाइल बाँड्न परेको मेयर विद्यासुन्दरको दावी



सविन ढकाल

यसकारण मोबाइल बाँड्न परेको मेयर विद्यासुन्दरको दावी

काठमाडौं : काठमाडौं महानगरपालिकाले मेयर–उपमेयर देखि वडा अध्यक्षसम्मलाई मोबाइल किन्ने निर्णय गरेपछि विवादित  बनेका छन् मेयर विद्यासुन्दर शाक्य। 

नगर कार्यपालिकाको दोस्रो बैठकबाट मेयरसहित उपमेयर र नगरपरिषद सदस्यलाई समेत मोबाइल किन्ने र सीम सहित हस्तान्तरणको निर्णय भएको थियो। त्यसपछि शाक्य सामाजिक संजालमा आलोचित हुँदै आएका छन्। 

मोबाइल खरिद विषयमा पहिलोपोस्टसँग कुराकानी गर्दै उनले प्रस्ट्याए। मोबाइल किन्ने निर्णयलाई राजनीतिक विषयको रुपमा उठाइएको उनको आरोप छ। 

शाक्यले भने, 'महानगरले यसअघि पनि कर्मचारीलाई मोटरसाइकल, गाडी, ल्यापटप  किनेर दिइरहेको छ। मोबाइल किनेर दिने कुरामा विवाद गर्नुपर्ने कुरा नै होइन। यसलाई राजनीतिक रुपमा लिइयो।' 

उनले मोबाइल खरिद निर्णय सही भएको र जनताको प्रत्यक्ष सम्पर्कको लागि खरिद गर्न लागेको प्रस्ट पारेका छन्। बैठकको निर्णयअनुसार महानगर सदस्यका लागि ३० हजार रुपैयाँको मोबाइल सेट र एउटा सीम दिने निर्णय भएको थियो। मोबाइल खर्चका लागि मासिक २५ सय रुपैयाँ दिने निर्णय गरिएको छ। मोबाइल, सीम लगायतका सामग्री खरिद नगरे काम गर्न नै अफ्ट्यारो पर्ने उनले बताए। 

'कसैलाई कलम दियो, कापी दियो भनेर सा साना विषयमा विवाद गरे काम कसरी गर्नै?' उनले प्रश्न गरे, 'अरुले गुपचुप निर्णय गर्दथे। हामी पारदर्शी भयौं। निर्णय गरेको दिन नै सार्वजनिक गर्दा यस्तो भयो।' 

बैठकले मेयर र उपमेयरले कति मूल्य बराबरको मोबाइल खरिद गर्ने विषय भने खुलाएको छैन। उनले भने, 'देशभरका सिडिओको नम्बर एउटै हुन्छ। त्यसैले मैले पनि र भोलि अर्को मेयर आए उसले पनि त्यही सीम बोक्नका लागि निर्णय गरेको हो।' ब्यक्तिगत प्रयोजनको लागि नभएर यो संस्थागत प्रयोगको लागि मात्र खरिद गर्न लागिएको  ‍उनले जानकारी दिए । 

मेयरदेखि वडाअध्यक्ष सम्मको मोबाइल नम्बर यी हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell