PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आइसीसीद्वारा अमेरिकी क्रिकेटलाई निष्कासन



पहिलोपोस्ट

आइसीसीद्वारा अमेरिकी क्रिकेटलाई निष्कासन

अन्तर्राट्रिय क्रिकेट काउन्सिल आइसीसीले युएसए क्रिकेट एशोसिएसन युएसएसिएलाई निष्कासन गरेको छ। आइसीसीको बिहिबार लण्डनमा बसेको एएमले उक्त निर्णय गरेको हो। ५२ वर्षसम्म आइसीसीको सदस्य रहेको युएसएसएलाई आइसीसीले एक वर्ष अघि निलम्वन गरेको थियो।

सन् २००५ यता आइसीसीले अमेरिकी क्रिकेट सघलाई ३ पटक निलम्वन गरिसकेको छ। यसअघिका दुई निलम्वनलाई आइसीसीले फुकुवा गरेपछि यसपटक भने आइसीसीले युएसिसएलाई निस्कासन नै गरेको हो।

आइसीसीका प्रमुख अधिकृत डेविड रिचर्डसनले अमेरिकाको निस्कासन पछि यो विषयको अन्त्य भएको आश व्यक्त गरेका छन्।

रिचर्डसनले युएससिए लेगल एक्सनमा अगाडी बढे भने आवश्यक परेको खण्डमा आफूहरु त्यसको प्रतिवाद गर्न समेत तयार रहेको बताएका छन्।

यसअघि युएसिसएले कोर्टमा जाने भनेर आइसीसीलाई चेतावनी दिएको थियो।

आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई पनि गत वर्ष बैशाखमा निलम्वन गरेको थियो। क्यानबारे आइसीसीले निर्णय गरिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell