PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सान्चेज बने चिलीका सर्वाधिक गोलकर्ता



पहिलोपोस्ट

सान्चेज बने चिलीका सर्वाधिक गोलकर्ता

एलेक्स सान्चेज चिलीका सर्वाधिक गोलकर्ता बनेका छन्। रसियामा भइरहेको कन्फेडेरेसन कप अन्तर्गत बिहिबार जर्मनी विरुद्धको खेलमा गोल गर्दै सान्चेजले चिलीका लागि सर्वाधिक ३८ गोल गर्ने कीर्तिमान बनाएका हुन्।

उनले मार्सेलो सालासको कीर्तिमान ब्रेक गरेका हुन्। सान्चेजले ११२ खेल खेल्दै चिलीका लागि ३८ गोल गरेका हुन्। यस्तै सान्चेजले चिलीका लागि सर्वाधिक क्याप जित्ने गोलरक्षक क्लाउडियो ब्राभोको कीर्तिमान समेत बराबरी गरेका छन्।

खेलको छैटौँ मिनेटमै सान्चेजले गोल गर्दै चलीलाई अग्रता दाङ्कए थिए। तर लार्स स्टिनडलले जर्मनीको लागि पहिलो हाफमै बराबरी गोल फर्काए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell