PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओलम्पिक डे को अवसरमा एन्फा र एनएसजेएफबीच मैत्रीपूर्ण फुटबल



पहिलोपोस्ट

ओलम्पिक डे को अवसरमा एन्फा र एनएसजेएफबीच मैत्रीपूर्ण फुटबल
फोटो : एन्फा

काठमाडौं : ओलम्पिक डे को अवसरमा अखिल नेपाल फुटबल संघ एन्फा र नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ बीच बिहिबार मैत्रीपूर्ण फुटबल खेल भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फ मैदानमा भएको खेलमा एन्फाले एनएसजेएफलाई ६-२ ले हरायो। एन्फाको तर्फबाट एन्फा पदाधिकारी र राष्ट्रिय अन्तर्राष्ट्रिय रेफ्रीले खेलेका थिए।

आयुष खड्काको गोलमार्फत एनएसजेफले पहिले अग्रता लिएपनि एन्फा टोलीले त्यसपछि लगातार गोल गर्‍यो।

एन्फाका लागि धीरेन्द्र प्रधान, गौरव थापा, सन्जिव मिश्र, रवी महर्जन, नानीराम भुजेल र लव खत्रीले गोल गरे। एनएसजेफका लागि अर्को गोल आभास घिमिरेले खेलको अन्त्यतिर गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell