PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

किन हुँदैछ शुक्रबार ४ बजे अन्तर्राष्ट्रिय विमानस्थल बन्द ? राजधानीका सबै दमकल स्ट्यान्डबाई !



पहिलोपोस्ट

किन हुँदैछ शुक्रबार ४ बजे अन्तर्राष्ट्रिय विमानस्थल बन्द ? राजधानीका सबै दमकल स्ट्यान्डबाई !

काठमाडौंः शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द हुने भएको छ। अपरान्ह साढे चारबजेदेखि ५ बजेसम्म विमानस्थल पूर्णरुपमा बन्द हुने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। विमानस्थल बन्द भएपछि उडान र अवतरणको सम्पूर्ण काम ठप्प हुन्छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ) को नियम अनुसार प्रत्येक दुइरदुई वर्षमा अन्तराष्ट्रिय मान्यताप्राप्त विमानस्थलहरुले गर्नुपर्ने ‘फुल स्केल इमर्जेन्सी एक्सरसाइज’ गर्नुपर्ने भएका कारण विमानस्थल बन्द गर्न लागिएको ठाकुरले जानकारी दिए।

यो एक्सरसाइजमा ३० मिनेट विमानस्थल पूर्ण रुपमा बन्द गरेर विमानस्थल र वरपर भएका सम्पूर्ण अग्नी नियन्त्रकलगायतका सामाग्रीहरु त्यहाँ लगिन्छ।

यदि विमानस्थलमा कुनै जहाजको दुर्घटना भइहाल्यो भने तत्काल कसरी उद्दार गर्न सकिन्छ र विमानस्थलको ‘एक्सिडेन्ट रिड्युस’ गर्ने क्षमता कति छ भनेर जाँच गरिन्छ र यसलाई दूर्घटनापूर्व गरिने पूर्वतयारीका रुपमा समेत लिइन्छ। जसका लागि विमानस्थलले काठमाडौंमा ल्याण्ड हुने एयरबसको ए ३३० सिरिजको ठूलो जहाजको छनौट गरिसकेको छ।

पूर्वतयारी अनुसार १८० जना यात्रु बोकेर काठमाडौं एयरपोर्टमा अवतरण हुन लागेको जहाज पेप्सीकोला क्षेत्रमा दूर्घटना हुन्छ र त्यसलाई निभाउनकालागि उपलब्ध हरेक प्रयास गरिन्छ।

साथसाथै घाइते र मृत्यु भएका यात्रुलाई उद्दार गरिन्छ। विमानस्थलले यो पटक जहाज दुर्घटनाबाट घाइते भएका यात्रुलाई हेलिकप्टरमार्फत ग्रान्डी अस्पतालसम्म पुर्याइने योजना रहेको प्रवक्ता ठाकुरले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell