PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कन्फेडेरेसन कप : पोर्चगुलको जितमा रोनाल्डोको गोल, न्यूजिल्याण्डको सम्भावना समाप्त



पहिलोपोस्ट

कन्फेडेरेसन कप : पोर्चगुलको जितमा रोनाल्डोको गोल, न्यूजिल्याण्डको सम्भावना समाप्त

रसियामा भइरहेको कन्फेडेरेसन कपअन्तर्गत गएराती भएको खेलमा पोर्चगुल र मेक्सिको विजयी भएको छन्।

क्रिस्टयानो रोनाल्डोको एक मात्र निर्णायक गोलको मद्दतमा पोर्चुगलले आयोजक रसियालाई १-० ले हरायो। खेलको नवौ मिनेटमै रोनाल्डोले गरेको गोल पोर्चुगललाई ३ अंक दिलाउन निर्णायक बन्यो।

जितपछि पोर्चुगलले समूह ए मा २ खेलबाट ४ अंक जोडेको छ।

यता न्यूजिल्याण्डलाई २-१ ले पराजित गर्दै मेक्सिकोले पनि समूह ए मा ४ अंक नै जोडेको छ। पहिलो खेलमा पोर्चुगलसँग बराबरी खेलेको मेक्सिको गोलअन्तरमा समूहको शीर्ष स्थानमा छ।

एक गोलले पछि परेको स्थिती उल्टाउँदै मेक्सिकोले 'किवी' टोलीलाई हराएको हो। क्रिस उडले पहिलो हाफमा गोल गर्दै न्यूजिल्याण्डलाई पहिले अग्रता दिलाएङ्का थिए।

तर राउल गिमिनेज र ओरिव परेल्टाले दोस्रो हाफमा गोल गरेपछि मेक्सिकोले पुनरागमन जित हासिल गर्‍यो।

यता पहिलो खेलमा आयोजक रसियासँग पराजित भएको न्यूजिल्याण्ड लगातार दोस्रो हारपछि एक खेल अगावै समूह चरणबाट बाहिरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell