PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काठमाडौंका जनप्रतिनिधि: सपना मोनोरेलको, निर्णय मोवाइल किन्ने र आफ्नै भत्ता तोक्ने



रमेश वाग्ले

काठमाडौंका जनप्रतिनिधि: सपना मोनोरेलको, निर्णय मोवाइल किन्ने र आफ्नै भत्ता तोक्ने

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर–उपमेयरले आफ्नै लागि मोवाइल किन्ने निर्णय गरेका छन्। महानगरको चुनावका समयमा मोनोदेखि–मेट्रोरेलसम्‍मका सपना देखाएका जनप्रतिनिधि घोषणापत्र अनुसारको कामभन्दा सानातिना विषयमै सीमित भएका हुन्।

नगर कार्यपालिकाको दोस्रो बैठकबाट मेयरसहित उपमेयर र नगरपालिका सदस्यलाई समेत मोवाइल किन्ने र सीमसहित हस्तान्ततरणको निर्णय भएको हो।

बैठकको निर्णयअनुसार महानगर सदस्यका लागि ३० हजार रुपैयाँको मोवाइल सेट र एउटा सीम दिने निर्णय भएको छ। मोवाइल खर्चका लागि मासिक २५ सय रुपैयाँ दिने निर्णय गरिएको छ।
मेयर र उपमेयरका हकमा खरिद र खर्चमा बिलबमोजिमको भुक्तानी हुनेछ। महानगरको कोषबाट स्वेच्छिक रकमको खरिद हुन सक्नेछ।   

यस्तै दोस्रो बैठकले मेयर/उपमेयर तथा सदस्यहरुको भत्ता समेत तोकेको छ। तोकिएको भत्ता अनुसार मेयर र उपमेयरले बैठक भत्ता १५ सय रुपैयाँ पाउनेछन् भने सदस्य तथा आमन्त्रित सदस्यले एक हजार रुपैयाँ पाउनेछन्।

यस्तै महानगर बोर्डको निर्णयबाट कानुन नबन्दासम्मका लागि भन्दै जनप्रतिनिधिको पारिश्रमिकका लागि ३५ लाख रुपैयाँ छुट्याइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell