PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दुई किलो सुनसहित काठमाडौंबाट दुई जना पक्राउ



रासस

दुई किलो सुनसहित काठमाडौंबाट दुई जना पक्राउ

रसुवाः मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा लुकाएर ल्याएको दुई किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

सुनसहित पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिकाका  कृष्णबहादुर श्रेष्ठ र काठमाडौँ पासिकोट गुल्डेनचोकका रुपेश भनिने दिनेश रोका छन्। 

रोकालाई मंगलबार राति रसुवा प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको हो । बा ७६ प ७८१० नम्बरको मोटरसाइकलमा चीनबाट सुन ल्याउँदै छ भन्ने सुराकीको आधारमा उक्त मोटरसाइकलका तलासी लिदा पेट्रोल ट्याङ्कीमा फल्स बटम बनाई कपडाले बेरेर राखिएको दुई किलो सुन फेला परेको हो। 

उनीहरुविरुद्ध सङ्गठित अपराध ऐनअन्तर्गत मुद्दा पेस गरी थप अनुसन्धान थालिएको छ। यस्तै नेपाल प्रहरीले २०७३ वैशाख यता पटक पटक गरी करिब २० किलो सुन बरामद गरी तस्करहरुमाथि मुद्दा दायर गरिसकेको जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell