PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

संगीतकार बने निखिल, यस्तो छ फिल्म 'रुद्र' को गीत 'आइएम च्याङ्ग्वा'



पहिलोपोस्ट

संगीतकार बने निखिल, यस्तो छ फिल्म 'रुद्र' को गीत 'आइएम च्याङ्ग्वा'

काठमाडौं : साउन १३ गते प्रदर्शन हुने फिल्म 'रुद्र'को पहिलो गीत 'आइएम च्याङ्ग्वा' रिलिज भएको छ।

पछिल्लो समय सार्वजनिक विभिन्न फिल्ममा प्रायः गीत भन्दा भिन्न परिवेश जोडिएको गीतमा अभिनेता निखिल उप्रेतीले संगीत भरेका छन्। गीतमा छ।

तामाङ जातीमा प्रसिद्ध तामाङ सेलोले प्रेमभाव बोल्छ। गीतमा शब्द जगदिश्वर थापाको छ भने स्वर शशीविक्रम थापा,  संगीता तिमल्सिना र सोना अमात्यको छ।

उक्त गीतमा लिड एक्टर विश्व र सारासँगै ज्याक श्रेष्ठ फिचरिङमा छन्।

रामजी लामिछानेको निर्देशनमा बनेको फिल्मको केहि दिन अघिमात्र रिलिज भएको ट्रेलर अहिले चर्चामा छ।

यो फिल्ममा एक्सन स्टारको उपमा पाएका निखिल भिलेन अबतारमा प्रस्तुत भएका छन्। सौरभ लामाले खिचेको फिल्मलाई बनिस शाहले सम्पादन गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell