PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दुबई वारियर्सको विजयी सुरुवात, श्रीलंकन लायन्स २१ रनले पराजित



पहिलोपोस्ट

दुबई वारियर्सको विजयी सुरुवात, श्रीलंकन लायन्स २१ रनले पराजित

काठमाडौं : एम सामाराक्कोडीले अलराउण्ड प्रशर्दन गरेपनि श्रीलंकन लायन्सले काठमाडौंमा जारी एसियन क्लब प्रिमियर लिग क्रिकेटमा पहिलो हार बेहोरेको छ।

पहिलो खेलमा इन्डियन स्टारलाई ५३ रनले पराजित गरेको लायन्स बुधबार दुबई वारियर्सससँग २१ रनले पराजित भएको हो।

कीर्तिपुरस्थित टीयू मैदानमा पहिले ब्याटिङ गरेको दुबई  वारियर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदे १ सय ८९ रन बनाएको थियो।

वारियर्सका लागि इजाज र अब्दुल शाकोरले अर्धशतक बनाए। इजाजे १९ बल खेल्दै ५६ रन बनाए भने शाकोरले ३१ बलमा ५६ रन जोडे।

श्रीलंकन लायन्सका लागि सामाराक्कोडी र निजामुद्धिने २-२ विकेट लिए।

जवाफमा १ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा दीनेश र सामाराक्कोडीले अर्धशतक प्रहार गरेपनि लायन्सले पूरै ओभर खेलेर पनि जित हात पार्न सकेन। २० ओभरमा लायन्सले ३ विकेट मात्र गुमाएर १ सय ६८ रन बनायो।

लायन्सका लागि दीनेश नाक्रानीले ४१ बल खेल्दै सर्वाधिक ७२ रन बनाए। सामाराक्कोडी ४३ बलमा ६३ रन बनाउँदा रिटायर्ड हर्ट भए। अन्य खेलाडीको प्रदर्शन भने राम्रो रहेन। बलिङमा दुबई वारियर्सका सन्दीप सिंहले २ विकेट लिए।

बुधबारै भएको पहिलो खेलमा नेपाल स्ट्रोमले बगलादेश टाइगर्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

बुधबारको खेलपछि अंक तालिका



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell