PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

यू-२३ नेपाली टोलीको प्रशिक्षकमा राजुकाजी शाक्य



पहिलोपोस्ट

यू-२३ नेपाली टोलीको प्रशिक्षकमा राजुकाजी शाक्य
फोटो : एन्फा

काठमाडौं : सिनियर राष्ट्रिय टोलीका प्रशिक्षक राजुकाजी शाक्यले एएफसी एसियन कप छनोटमा नेपालको यू-२३ टोलीको प्रशिक्षण सम्हाले भएका छन्।

आगामी जुलाई १९ देखि २४ सम्म युएईको अल अइनमा हुने छनोटका लागि यसअघि मेघराज केसीको नाम प्रशिक्षकमा प्रस्ताव गरिएको थियो। तर जापानबाट इन्स्ट्रक्टर कोर्स गरेर फर्केपछि केसीले टोली हेर्न अस्वीकार गरेपछि राजुकाजी शाक्यले मेघराज केसीलाई प्रतिस्थापन गरेका हुन्।

शाक्यकै प्रशिक्षणमा नेपालले गत वर्ष भारतमा सम्पन्न साग फुटबलमा स्वर्ण पदक जितेको थियो। जहाँ नेपालका यू-२३ टोलीले नै प्रतिस्पर्धा गरेको थियो।

शाक्यलाई सहायक प्रशिक्षकमा प्रकाश अर्यालले सघाउनेछन् भने व्यवस्थापकमा एन्फाका महासचिव सन्जिव मिश्र छन्। शाक्य योतुकु कोजी मुख्य प्रशिक्षक रहेको नेपालको सिनियर टोलीको पनि प्रशिक्षक हुन्।

छनोट चरणमा नेपालसँगै आयोजक युएई, उज्वेकिस्तान र लेनवाव समूह डी मा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell