PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कांग्रेस निर्णय: वागी उम्मेदवार र उसका प्रस्तावक–समर्थकको सदस्यता स्वत: खारेजी



पहिलोपोस्ट

कांग्रेस निर्णय: वागी उम्मेदवार र उसका प्रस्तावक–समर्थकको सदस्यता स्वत: खारेजी

काठमाडौं: नेपाली कांग्रेसले  पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिनेविरुद्ध कडा निर्णय लिएको छ।

पहिलो चरणको स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिनेका कारण धेरे ठाउँमा हार्ने अवस्था आएको भन्दै अब कुनै निर्णय विना नै स्वतः सदस्यता खारेज हुने गरी निर्णय गरेको हो।

‘नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारकाविरुद्ध पार्टीका कुनै सदस्यले वागी उम्मेदवारी दर्ता गरी निर्वाचन आयोगद्वारा तोकिएको समयसीमा भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएको भए त्यस्ता वागी उम्मेदवार र निजको प्रस्तावक र समर्थक नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) (ख) अनुसार पार्टीबाट स्वतः निस्कासित हुने व्यहोरा निर्णयानुसार जानकारी गराईन्छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

‘पहिलोचरणको निर्वाचनमा पनि केही वागी उम्मेदवारका कारण चुनाव हार्नुपरेको थियो तर अनुशासन समिति बैठक बस्ननसक्दा उनीहरुलाई कार्वाही हुन अझै बाँकी नै छ,’ मुख्य सचिव पौडेलले भने,‘त्यसैले अब अर्को निर्णय नै गर्नु नपर्नेगरी स्वतः सदस्यता खारेजीको निर्णय गरिएको हो।’ उनले चाडै अनुशासन समितिबाट पहिलो चरणको निर्वाचनका वागी र उनका प्रस्तावक/समर्थकलाई कार्वाही हुने बताए।  

नेपाली कांग्रेसमा टिकटका दावेदारहरुले टिकट नपाएसँगै वागी उम्मेदवारी दिने प्रवृति मौलाएपछि कडा निर्णय लिनुपरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

काग्रेसमा विभाग र समितिहरु गठन नभएका कारण अनुशासन समिति समेत बन्न सक्को छैन। त्यही कारण चुनावमा घोषित रुपमा वागी उम्मेदवारी दिएकाहरु समेत अहिलेसम्म कार्वाहीमा परेका छैनन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell