PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

शान्ति ठटालको ६ दशक लामो सांगीतिक यात्राको अनुभव 'पलेँटी'मा



पहिलोपोस्ट

शान्ति ठटालको ६ दशक लामो सांगीतिक यात्राको अनुभव 'पलेँटी'मा

काठमाडौं: गायक एवं संगीतकार शान्ति ठटाल पलेँटी श्रृंखलामा प्रस्तुत हुँदै छिन्। जुन महिनाको अन्तिम शुक्रवार/ असार १६ गते नेपालयको आयोजनाका हुँदै आएको पलेंटमा उनको प्रस्तुती रहने भएको हो। नेपालयको आर शालामा ठटालको प्रस्तुती सहितको पाँचौ पलेँटी हुनेछ।

फिल्म ‘परालको आगो’र ‘बाँच्न चाहनेहरू’मा संगीत दिएर शान्ति ठटाल नेपाली भाषामा बनेका फिल्ममा संगीत भर्ने पहिलो महिलासंगीतकार बनेकी हुन्। उनले सिक्किमको सांस्कृतिक विभागमा लामो समय संगीतको नेतृत्व गरेकी शन्ति ठटाल हाल दार्जि्लिङमा बसोबास गर्छिन्। संगीतकार ठटालले महाकवि लक्ष्मी प्रसाद देवकोटाका कृतिहरू मुनामदन, कुञ्जिनी र म्हेन्दोमा आधारित सांगीतिक सृजना पनि गरेकी छिन्। यिमध्ये मुनामदनमा संगीत भर्ने र प्रस्तुत गर्ने काम सन् १९७७ ताका भएको थियो। जसलाई निर्देशन समेत ठटालले नै गरेकी थिइन्।

ठटाल यसपाला संगीतकारका रुपमा पलेँटीमा उपस्थित हुने बताइएको छ। रविन्द्र भारती विश्वविद्यालयबाट औपचारिक सङ्गीत शिक्षा प्राप्त ठटालका कम्पोजिशनलाई लामो समयदेखि पलेँटीसितै आवद्ध अहिलेकी चर्चित गायिका मीना निरौला र दार्जिलिङबाट शान्ति ठटालकै साथमा आएकी गायिका सोनू राईले प्रस्तुत गर्ने छन्। ३१ मार्च २००६ मा आयोजित पलेँटीमा उपस्थित हुँदा ठटालले ६६ वर्षको उमेरमा आफ्नो सांगीतिक जीवनकै पहिलो एकल कार्यक्रम प्रस्तुत गरेकीथिइन् ।

‘फेरि आफुलाई प्रस्तुत गर्नका निम्ति नेपाल आउन पाएकामा मलाई गर्व महशुस भइरहेको छ,’ गायिका ठटाल भन्छिन्, ‘निकै अघि चुँडिएको नेपाल र दार्जिलिङ बीचको सांगीतिक सेतुलाई पलेँटीले फेरि जोड्ने काम गर्दै आइरहेको देख्दा मलाई खुशी लागिरहेको छ।’

पलेँटीमा दिनेश रेग्मीले किबोर्ड, बुद्ध लामाले बाँसुरी, सुन्दर महर्जनले पर्कसन, सन्देश महर्जनले तबला र सुरजकुमार प्रधानले गितार बजाएर गायिकाहरुलाई सघाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell