PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुतः गृहमन्त्री



रासस

निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुतः गृहमन्त्री

चितवनः गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको बताएका छन्। 

प्रेस सेन्टर चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री शर्माले सरकारले आफ्नो साधन स्रोत र शक्ति परिचालन गरेर समग्र सुरक्षाको व्यवस्था मिलाएको बताए। 

उनले निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलेसमेत विभिन्न स्थानमा उम्मेदवारी दिएकाले निर्वाचनको वातावरण बनेको बताए।

टीकापुर घटनाका दोषीलाई क्षतिपूर्ति किन दिइएको भन्ने प्रश्नमा गृहमन्त्रीले घटना गराउने र दोषीलाई कारबाही गर्ने एउटा पाटो तथा भौतिक क्षति फरक पाटो भएको बताउँदै भने, “ सरकारले सबैलाई न्याय गर्छ, अपराध गर्नेलाई कारबाही र क्षति हुनेलाई क्षतिपूर्ति दिन्छ।” 

सरकारले कहिल्यै प्रहरीको मनोबल नघटाउने बताउँदै उनले संविधान, कानुन, सरकारका नीति कार्यक्रम लागु गर्नका लागि सरकारमार्फतका समग्र संयन्त्रलाई परिचालन गरिने जानकारी दिए। 

यसअघि जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम १७३ औँ समूहको दीक्षान्त समारोहमा गृहमन्त्री शर्माले प्रहरीमा राजनीतिक गन्ध, गुटबन्दी र विभाजन राज्यलाई स्वीकार्य हुँदैन भन्दै त्यसो भएमा सरकारले कारबाही गर्ने चेतावनी दिए । उनले ‘चेन अफ कमान्ड’भित्र आफूलाई सक्षम साबित गर्न निर्देशन पनि दिए। 

कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संविधान कार्यान्वनको ऐतिहासिक घडीमा प्रहरी सेवामा प्रवेश गरेका प्रहरी सहायक निरीक्षकलाई देश र जनताप्रति समर्पित भएर काम गर्न निर्देशन दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell