PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राप्रपाले सरकारमा जानेबारे निर्णय निर्वाचनपछि मात्र लिने



रासस

राप्रपाले सरकारमा जानेबारे निर्णय निर्वाचनपछि मात्र लिने

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि मात्र सरकारमा पार्टीको सहभागिताका विषयमा निर्णय गर्ने भएको छ। 

पार्टीभित्र चुनाव अगाडि सरकारमा नजानका लागि दबाब रहेकाले त्यस बारेमा चुनावपछि मात्र निर्णय गर्न लागिएको हो। 

पार्टीभित्र सरकारमा जाने तथा नजाने विषयमा ठूलो विवाद देखापरेको छ। गणतान्त्रिक व्यवस्थाको सरकारमा पार्टी सहभागी भएका कारण चुनावमा पराजय भोग्न परेको केही नेताको भनाइ छ। 

पार्टीका प्रवक्ता भुवन पाठकले आफ्नो पार्टीले चुनावलाई प्राथमिकतामा राखेकाले सरकारमा जाने वा नजाने विषयलाई महत्व नदिएको बताए।

नयाँ सरकार गठनका बेलामा नेपाली कांग्रेसले तत्कालीन प्रधानमन्त्रीका उम्मेदवार एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गरी सरकारमा सहभागी हुन आग्रह गरेको भएपनि सरकार गठनका समय बेवास्ता गरेपछि सरकारमा नजानका लागि पार्टीको एउटा समूहले दबाब दिएको प्रवक्ता पाठकले जानकारी दिए। 

अहिले चुनाव हुन लागेका सबै स्थानमा पार्टीले सक्रियता बढाउने र राम्रो सफलता कायम गर्नका लागि शीर्ष नेतृत्वलाई चुनावी क्षेत्रमा जान निर्देशन दिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell