PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'बुलेटदेखि व्यालेट'सम्म, हरिमायाको मेयर यात्रा



पहिलोपोस्ट

'बुलेटदेखि व्यालेट'सम्म, हरिमायाको मेयर यात्रा

काठमाडौँ: ४५ बर्षीय हरिमाया जिमीले २०५५ सालमा नेकपा एमालेको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरुवात गरिन्।

जनयुद्धको क्रममा २०५८ सालमा संखुवासभामा राज्य पक्षबाट उनका भाइ मारिए। त्यसपछि उनमा सरकारप्रति नै वितृष्णा पलायो। चटक्कै एमाले नीति र पार्टी नै छोडेर राज्यविरुद्ध लड्ने सङकल्पका साथ नेकपा माओवादीमा पुगिन्।

स्थानीय तहको निर्वाचनमा अहिले उनी इटहरी उपमहानगरको मेयरमा माओवादी केन्द्रबाट भोट माग्दै घर दैलोमा छिन्।

कठिन रहेछ महिला उम्मेद्वार भएर चुनावमा होमिन पहिलोपोस्टसँगको कुराकानीमा उनले भनिन् 'महिला त्यसमा पनि बुहारी घरको काम पनि गर्नुपर्‍यो। तर, जनताका लागि भनेर लागिरहेको छु।'

हरिमायाले पहिलो संविधान सभा चुनावमा संखुवासभाबाट टिकट पाउने चर्चा चले पनि टिकट पाइनन्। त्यसपछि उनी इटहरी बसाइँसराईँ गरिन्। १० वर्षदेखि इटहरीमा बस्दै आएकी हरिमाया सुन्दर, सफा इटहरी बनाउने प्रमुख योजना रहेको बताउँछिन्।

उनी भन्छिन् 'मेयर भएँ भने पहिलो काम नै सुन्दर शहर बनाउने काम थाल्छु।'

माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत रहेकी उनको अर्को महत्वकांक्षी योजना इटहरीमा रहेका सुकुम्वासीको समस्या समधान गर्ने रहेको छ। यहाँ रहेका सुकुम्वासी बस्तीलाई व्यवस्थित गर्ने योजना छ। भ्रस्टाचार अन्त्य गर्ने अठोट छ।

आफुलाई सुकुम्वासी भएको दाबी गर्ने हरिमायाले सुकुम्वासीले मेयर जस्तो जिम्मेवारी बहान गर्न सक्दैनन् भन्दै बाहिर गलत प्रचार गरेकोमा दुख व्यक्त गरिन्। मेयरमा विजयी भए सफल कार्यकाल बनाउने दाबी उनी गर्छिन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell