PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एसियन क्लब प्रिमियर लिग : बंगलादेश टाइगर्स र श्रीलंकन लायन्सको विजयी सुरुवात



पहिलोपोस्ट

एसियन क्लब प्रिमियर लिग : बंगलादेश टाइगर्स र श्रीलंकन लायन्सको विजयी सुरुवात

काठमाडौं : काठमाडौंमा आजदेखी सुरु भएको एसियन क्लब प्रिमियर लिग (एसिपिएल)  क्रिकेटमा बंगलादेश टाइगर्स र श्रीलंकन लायन्सले विजयी सुरुवात गरेका छन्।

सोमबार औपचारिक उद्घाटन भएपनि खेल भने मंगलबारबाट सुरु भएको हो। सोमबार हुने तय भएको नेपाल स्ट्रोम्स र दुबई वारियर्सबीचको खेल पछिका लागि सारिएको छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा बंगलादेश टाइगर्सले अफगानिस्तान बुल्सलाई ३ रनले पराजित गर्‍यो।

खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको टाइगर्सले वर्षाका कारण १८ ओभरमा छोट्टाइएको खेलमा पूरै ओभर खेल्दै ८ विकेट गुमाएर १ सय १ रन बनाएको थियो।

बंगलादेशका लागि अहमदले सर्वानधिक २७ रन बनाए। त्यसबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। अफ्गानिस्थान बुल्सलका नभिद हसनले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र ९ रन खर्चेर ३ विकेट हात पारे। यस्तै पवन यादवले २ विकेटले लिए।

१ सय २ रनको लक्ष्य पछ्याएको बुल्सले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ९८ रन मात्र बनाउएपछि टाइगर्सले ३ रनको रोमाञ्चक जित हात पारेको हो।

आजै भएको दोस्रो खेलमा श्रीलंकन लायान्सले ईण्डियन स्टार्सलाई ५३ रनले पराजित गरेको छ। पहिला ब्याटिङ गरेको श्रीलंकन लायन्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो। लायन्सका लागि समाराक्कोडीले सर्वाधिक ५९ रन बनाए भने गायासानले ३३ तथा दीनेशले ३० रनको योगदान गरे।

१ सय ५८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको इन्डियन स्टार्स १५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रनमा अलआउट भयो। स्टार्सका लागि ए करनवालले १९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। उसलाई अलआउट गर्न लायन्सका करन र समाराक्कोडीले ३-३ विकेट लिए भने आकाश गौतलले २ विकेट झारे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell