PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आर्मीको फुटबललाई बजाज पल्सरको साथ



पहिलोपोस्ट

आर्मीको फुटबललाई बजाज पल्सरको साथ

काठमाडौं : त्रिभुवन आर्मी क्लबको महिला र पुरुष फुटबल टिमलाई हंशराज हुलासचन्द्रको बजाज बाइकले मुख्य प्रायोजन गरेको छ।

बजाजले आगामी तीन वर्षको लागि मुख्य प्रायोजक रहने गरी मंगलबार आर्मीसँग सम्झौता पत्र आदन प्रदान गरेको हो।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको कार्यक्रममा आर्मीका तर्फबाट देव कुमार सुबेदी र बजाजको तर्फबाट योगेन गुरुङले सम्झौता पत्र आदान प्रदान गरेका हुन्।

सम्झौता ३ वर्षको लागि हुनेछ। सम्झौतापछि बजाजले प्रत्येक वर्ष आर्मीको महिला र पुरुष फुटबल टोलीलाई २५ लाख बराबरको खेल सामाग्री प्रदान गर्नेछ। तीन वर्षका लागि कूल ७५ लाख बराबरको खेल सामाग्री प्रदान गर्ने सम्झौता भएको आर्मीका प्रवक्ता झंकर बहादुर कठायतले बताए।

सम्झौता अनुसार नगद नलिने र पुरुष र महिला टीमलाई आवश्यक खेल सामाग्री प्रदान गरिने कठायतले बताए। 'अबको तीन वर्षसम्म आर्मीका खेलाडीले अन्य कुनै कम्पनीको लोगो प्रयोग नगर्ने र प्रमोशनमा भाग लिने छैन।'

यस्तै सम्झौतापछि एचएच बजाजका प्रबन्ध निर्देशक शेख गोल्छाले नेपाली फुटबलको एक उत्कृष्ट क्लबसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए।

'आर्मीको फुटबल टिम उत्कृष्ट टिम हो। धेरै टुर्नामेन्टहरु जित्नुभएको छ। अन्तर्राष्ट्रिय स्तरमा पनि आर्मीका खेलाडीको प्रदर्शन राम्रो छ। उहाँहरुलाई स्पोनसर गर्न पाउनु हाम्रो कम्पनीको शौभाग्य हो।'

गोल्छाले खेलकुदसँग बजाजको नाता पुरानो रहेको बताउँदै हरेक वर्ष पल्सर स्पोर्ट्स अवार्डलगायत अन्य खेलकुदमा पनि सहयोग गर्दै आएको बताए।

'अहिले राजनीतिक अस्थिरता हुँदा पनि हामी नेपालीलाई खेलकुदले जोडेको छ। जसले गर्दा खेलकुदको महत्व बढेको छ। त्यसैले हामीले खेलकुदसँग सहकार्य गरेका हौँ।' गोल्छाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell