PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कुमारीको 'धनपती' शोमा हुनेछ इङ्लिस सबटाइटल



पहिलोपोस्ट

कुमारीको 'धनपती' शोमा हुनेछ इङ्लिस सबटाइटल

काठमाडौं: फिल्म 'धनपती'मा इङलिस सबटाइटल पनि रहने खबर सार्वजनिक भएको छ। काठमाडौंको एकमात्र हलको स्क्रिनमा सब टाइटल राख्ने बारे निर्देशक दीपेन्द्र के खनालले जानकारी दिएका हुन्। काठमाडौंस्थित कुमारी हलमा फिल्म इङलिस सब टाइटल सहित प्रदर्शन हुने भएको हो।

खनालले अङ्ग्रेजी भाषा मात्र बुझ्ने दर्शकको लागि सब टाइटलको व्यवस्था गरेको बताए। पहिलोपोस्टसँग कुरा गर्दै उनले भने,'सामाजिक विषयको फिल्ममा विदेशी दर्शकहरुले पनि चासो देखाउनु भएको पाइन्छ उहाँहरुको लागि यो व्यवस्था गर्न लागेका हौं' उनले कुमारी हलमा मात्र सब टाइटल राख्नुको कारण प्रस्ट गर्दै भने,'सबैमा सब टाइट राख्दा दर्शक डिस्ट्र्याक्ट हुन सक्नुहुन्छ। साथै कुमारीमा फिल्म फेस्टिवल भइराख्ने भएकाले त्यहाँ विदेशी दर्शक फ्लो राम्रो छ।'

दीपेन्द्र के खनालले फिल्मको पोस्ट प्रोडक्शनको काम ३/४ दिनमा सक्किने जानकारी दिए। फिल्म ‘धनपति’मा कथा,पटकथा तथा संवाद सबै अभिनेता खगेन्द्र लामिछानेको रहेको छ। फिल्मो मुख्य पात्रको रुपमा पनि उनैलाई देख्न सकिन्छ। यसअघि निर्देशक खनाल र अभिनेता लामिछानेको टिम अपमा हिट भएको फिल्म पशुपति प्रसादमा पनि लामिछानेकै कथा रहेको थियो। धनपतीमा दीपेन्द्र के खनालको प्रोडक्सनसँग टुकी आर्टसको सहकार्य रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell