PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एउटै कार्यक्रममा दुई फिल्मको काम फत्ते



पहिलोपोस्ट

एउटै कार्यक्रममा दुई फिल्मको काम फत्ते

काठमाडौं: सोमबार काठमाडौं रातोपुलको रकहाउस क्याफेमा आयोजित एक कार्यक्रममा दुई फिल्मको तर्फबाट फरक जानकारी दिइयो। कार्यक्रममा फिल्म ‘लखपति माग्ने’ घोषणा र पोस्ट प्रोडक्शन फेजमा रहेको फिल्म जुभिनाइलको गीत सार्वजनिक गरिएको हो। 

हेटौडा मूभी मेकर्स टीम र ड्रिम वल्र्ड अफ फिल्म मेकर्सको नयाँ प्रोजेक्ट घोषणा गरेएको हो। नायिका भूवन चन्दले ‘लखपति माग्ने’को नाम लोकार्पण गरेकी थिइन्। सवनम मुखीयाको लेखन तथा निर्देशनमा बन्न लागेको ‘लखपति युनिट भदौ पहिलो सातादेखी सुटिङका लागि फ्लोरमा जाने बताइएको छ। फिल्मको पुरै कलाकार भने टुङ्गो लागेको छैन। अहिलेसम्मका लागि कमलमणी नेपाल र निरु खड्का मुख्य कलाकारका रुपमा छनौट भएका छन्। फिल्ममा सन्तोष श्रेष्ठको संगीत एवं शान्तिप्रियको गीत रहने छ। कमेडी, रोमान्टीक जानरामा तयार हुने फिल्मलाई नरेन्द्र महर्जन तथा प्रकाशचन्द्र महर्जनले निर्माण गर्न लागेका हुन्।

फिल्म घोषणा कार्यक्रममा 'जुभिनाइल' नामक लघु फिल्मको दुई गीत पनि सार्वजनिक गरियो। जुभिनाइल सवनमले नै निर्देशन गरेको फिल्म हो। फिल्मको पोस्ट प्रोडक्शनको काम हुँदै गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell